Follow us:


Follow us

२३ जेठ २०८३, शनिवार
२३ जेठ २०८३, शनिवार


आज र भोलि बालिबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि

एक्सन खबर
बैशाख, ६, २०७९


आज र भोलि बालिबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि

काठमाडौं । देशभर दोस्रो चरणको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम आज र भाेलि सञ्चालन हुँदैछ । ७५३ वटै स्थानीय तहमा बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन थालिएकाे हाे ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाका अनुसार ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउन थालिएकाे हाे ।

२७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २३ लाख ९३ हजार बढी बालबालिकालाई जुकाको औषधि खुवाउने लक्ष्य छ । स्थानीय तहले विद्यालय वा नजिकको स्वास्थ्य केन्द्रबाट औषधि खुवाउनेछन् ।













0 प्रतिकृया