Follow us:


Follow us

२३ जेठ २०८३, शनिवार
२३ जेठ २०८३, शनिवार


नेशनल मेडिकल कलेज न्यूराे सेन्टरमा ट्युमरबाट पिडीत दुई बिरामीको सफल शल्यक्रिया

एक्सन खबर
बैशाख, २, २०७९


नेशनल मेडिकल कलेज न्यूराे सेन्टरमा ट्युमरबाट पिडीत दुई बिरामीको सफल शल्यक्रिया

पर्सा । वीरगञ्ज स्थित न्युरो सेन्टर नेशनल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलमा दुई विरामीको सफल शल्यक्रिया गरिएको छ । आधुनिक तरिकाले ब्रेन तथा स्पाइनको उपचार गर्दै आएको यस हस्पिटलले दुई उमेर समुहका विरामीको सफल शल्यक्रिया गरेकाे हाे ।

हस्पिटलले सर्लाहीका ८ वर्षीय सियानन्दन रायको टाउकोको पछाडि रहेकाे ठूलाे ट्युमरकाे सफल शल्यक्रिया गरेकाे छ । टाउकाेमा ठूलाे ट्युमर पलाउँदा  निरन्तर टाउको दुख्ने, वान्ता हुने तथा हिँडडुलमा समेत समस्या थियो ।  तर, नेशनल हस्पिटलले सफल रूपमा शल्यक्रिया गरिदिएपछि बालकलाइ राहत भएकाे छ ।

नेशनल मेडिकल कलेजका वरिष्ठ चिकित्सक डा. सफरोज अन्सारी र उनका सहयोगी डा. मसउद, डा. आदित्यलगायत न्युरो सर्जरी टिमले बालककाे टाउकाकाे सफल शल्यक्रिया गरेका हुन् । शल्यक्रिया पश्चात् बालक आफैं हिँडडुल गर्न सक्ने भएका छन् । उनकाे स्वास्थ्यमा दैनिक सुधार हुँदैछ ।

त्यस्तै गरी, नेशनल हस्पिटलले ६५ वर्षीय मोहनराज उपाध्यायको मस्तिष्ककाे बायाँ भागमा पलाएकाे ट्युमरकाे पनि सफल शल्यक्रिया गरिएकाे छ । मस्तिष्कमा रहेकाे ट्युमरका कारण उपाध्याय बोल्न नसक्ने, मान्छे नचिन्ने, बान्ता हुने जस्ता गम्भीर समस्याहरु बाट पिडीत थिए ।  उनकाे पनि डा. अन्सारीको टिमले सफल शल्यक्रिया गरेकाे हाे । मस्तिष्ककाे ट्युमर निकालेकाे दुइ दिन नवित्दै उपाध्याय बोल्न, मान्छे चिन्न थालेका छन् ।

मधेश प्रदेशमै अत्याधुनिक तथा सुविधासम्पन्न न्यूराे सेन्टर सञ्चालनमा आएपछि लाखाैं खर्च गरेर काठमाडाैंका महंगा अस्पताल तथा भारतका अस्पतालमा उपचारार्थ जानुपर्ने बाध्यता हटेकाे भन्दै बिरामीका आफन्तले खुसी व्यक्त गरेका छन् ।

मधेश प्रदेशकै एक मात्र ठुलो नेशनल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल र न्युरो सेन्टरमा ब्रेन र स्पाईन सम्बन्धी सबै किसिमको शल्यक्रिया गरिन्छ। काठमाडौं समेतमा विरलै हुने शल्यक्रियाहरू हस्पिटलले गरी विरामीकाे जान जोगाएकाे न्यूरो सर्जन डा. अंसारीकाे भनाइ छ ।














0 प्रतिकृया