Follow us:


Follow us

२३ जेठ २०८३, शनिवार
२३ जेठ २०८३, शनिवार


घरेलु मैदानमा पराजित हुँदै युरोपा लिगबाट बाहिरियो बार्सिलोना

एक्सन खबर
बैशाख, २, २०७९


घरेलु मैदानमा पराजित हुँदै युरोपा लिगबाट बाहिरियो बार्सिलोना

काठमाडौं । आइनट्राख्ट फ्रान्कफुर्टसँग घरेलु मैदानमा बिहीवार राति ३-२ अन्तरले पराजित हुँदै बार्सिलोना युरोपा लिगको क्वाटरफाइनलबाट बाहिरिएको छ ।

नोउ क्याम्पमा लगातार तीन गोल बेहोरेको बार्सिलोना अन्तिम समयमा दुई गोल फर्काए पनि खेलमा फर्किन सकेन ।जर्मन प्रतिद्धन्द्धी फान्कफुर्टसँग क्याटलान क्लब समग्रमा ४-३ अन्तरले पराजित भयो ।पहिलो लेगमा दुबै टोलीले १-१ गोलको बराबरी खेलेका थिए ।

खेलको अन्तिम समय १० खेलाडीमा सिमित भएको  फ्रान्कफुर्टका फिलिप कोस्टिकले दुई तथा राफयल सान्तोष बोरले एक गोल गरे । बार्सिलोनाका सर्जियो बुस्क्वेट्स र मेम्फिस डिपाएले गोल गरेपनि टोलीको हार टार्न सकेन ।













0 प्रतिकृया