नासा इन्भेष्टमेण्टकाे एकीकृत सेवा केन्द्र इनरूवामा
एक्सन खबर
काठमाडाैं । कुनैपनि संस्थामा विविधिकरण गरेर लगानी गरे प्रतिफल राम्रै दिने नेप्सेका पुर्व प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले बताएका छन् । विराटनगर स्थित नासा इन्भेष्टमेण्ट प्रा.लि.काे सुनसरीको ईनरुवामा एकीकृत सेवा केन्द्रकाे शुक्रबार उद्घाटन गर्दै साउदले आर्थिक उपार्जनका लागि पुँजी बजारसँगै विविध क्षेत्रमा लगानी गर्नुपर्ने समेत बताए ।
कागजमा मात्र होइन किसानको खेतवारीमा कृषि क्रान्ति ल्याए आर्थिक क्रान्ति हुनसक्छ भन्दै विकास समृद्धिका लागि हाम्रो मान्छे भन्दापनि राम्रो मान्छेलाई रोज्नु पर्ने बताए । साउदले नेप्सेमा रहेका २ सय २५ वटा विभिन्न संस्था भित्र विविधिकरण रहेको बताउँदै क्यापीटल ज्ञानकाे लागि लगानी गर्नपनि सुझाव दिए ।
साउदले पुँजी बजारमा लगानी गर्दा प्रतिफल लिन कम्तिमा पनि ३ देखि ५ वर्ष पर्खिनु पर्ने बताए । उनले आज भन्दा २० वर्ष अगाडीको पुँजीबजारमा आकाश जमिनको फरक भएको बताए ।
कार्यक्रममा शैक्षिक क्षेत्रलाई आधुनिकीकरण, व्यवसायीकरण र प्राविधिकीकरण गर्ने सारथीको रूपमा नासा इन्स्टिच्युट अफ साइन्स एण्ड टेक्नोलोजीको केन्द्रीय कार्यालय तथा सेवा केन्द्र कार्यालय इनरुवामा सञ्चालनमा ल्याइएकाे संस्थाका संस्थापक अध्यक्ष एवम् प्रमुख कार्यकारी अधिकृत अरबिन्द मेहताले बताए ।
नासाकाे सेवा केन्द्र इनरुवाबाट शिक्षक सेवा, लोक सेवा, बैकिङ्ग सेवाका सम्पूर्ण तयारी कक्षाहरू, अङ्ग्रेजी, कोरियन, उर्दू भाषालगायत अन्य भाषाहरूका तयारी कक्षाहरु सञ्चालन हुनेछ । यी कक्षाहरु भौतिक तथा अनलाइन दुवै माध्यमबाट सञ्चालन हुने मेहताले बताए ।
यस्तै, कक्षा ८, ९, १०, +२ तथा स्नातकका ट्युसन तथा कम्प्युटर कोर्स गर्नुका साथै संसारको जुनसुकै ठाउँबाट पैसा पाउन र पठाउन रेमिट्यान्स सेवाहरू पनि लिन सकिनेछ । यसका अलावा विभिन्न निकाय र संस्थाका अनलाइन फारमहरु भर्ने तथा पुँजी बजार सम्बन्धी सचेतना, तालिमहरू समेत चलाईने छ ।
यसैगरी एकै छानामुनि फोटोकपी, फोटो प्रिन्ट तथा विभिन्न प्रकारका कम्पनी, संघसंस्था, ट्रस्ट, फाउण्डेसन दर्ता, खारेज सम्बन्धी कार्य, सहुलीयतपूर्ण ऋण, अनुदानको लागि आवश्यक पर्ने प्रस्ताव लेखनसम्बन्धी कार्यहरु गरिने बताइएकाे छ । भने, ‘घ’ वर्गको ठेक्कापट्टा लाइसेन्सको कार्यहरु, राष्ट्रिय तथा अन्तर्राष्टिय हवाई टिकट, बस टिकट, बिजुली बिललगायत अनलाईन भुक्तानीका कार्यहरु पनि हुने भनिएकाे छ ।
युवाहरुलाई व्यवसायिक बनाई गाउँपालिकालाई समृद्धि ल्याउने उद्देश्यका साथ नासा सेवा केन्द्रकै रुपमा सुनसरीकाे देवानगञ्जमा तेश्रो नासा सेवा केन्द्र भाेली आईतबार उद्घाटन गरीने कार्यक्रम छ । ‘स्थानीय सीप, संस्कृति र मौलिकतामा विविधता, देवानगन्ज गाउँपालिकामा समृद्धिको आवश्यकता’ भन्ने मुल नाराको साथ देवानगंजमा कार्यक्रम गरिन लागेकाे छ ।
देवानगंज गाउँपालिकालाई आर्थिक समृद्धि, आर्थिक सम्पन्नता, गरिबी, वेरोजगारी,सामाजिक, संस्कृति गायनका कुरालाई मध्यनजर गर्दै नासा सेवा केन्द्र सञ्चालन गरिने भनिएकाे छ ।
0 प्रतिकृया