Follow us:


Follow us

१३ असोज २०८३, मङ्गलवार
१३ असोज २०८३, मङ्गलवार


‘माओवादीसँग तालमेल हुन सक्छ, माधब नेपालसँग हुँदैन’ रघुविर महासेठ

एक्सन खबर
चैत, २६, २०७८


‘माओवादीसँग तालमेल हुन सक्छ, माधब नेपालसँग हुँदैन’ रघुविर महासेठ

काठमाडौं । नेकपा एमालेका सचिव रघुवीर महासेठले प्रदेश र संघको निर्वाचनमा नेकपा (माओवादी केन्द्र) सँग तालमेल हुन सक्ने बताएका छन् । एमालेले माओवादीलगायत वामपन्थी र प्रगतिशील शक्तिसँग तालमेल गर्न सक्ने सम्भावना रहेको बताए ।

तर, माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)सँग भने तालमेलको सम्भावना पटक्कै नभएको उनको भनाइ छ ।

‘कसैले सोचेको थियो र २ पार्टीबीच एक्कासी एकता हुन्छ भनेर ? भयो त । सहकार्य हुन सक्छ’, सचिव महासेठले भने, ‘अहिले माओवादी एउटा प्रतिक्रियावादी खेमामा पुगेपनि, दक्षिणपन्थी खेमामा पुगेपनि, कम्युनिस्ट आन्दोलनको विरुद्धमा पुगेपनि राजनीतिक रूपमा माओवादीलगायत वामपन्थी र प्रगतिशील पक्षसँग तालमेलको सम्भावना जहिले रहन्छ । तर, माधवकुमार नेपाल पक्षसँग रहँदैन ।’

एमालेको मधेश इन्चार्जसमेत रहेका महासेठले नेपाल नेतृत्वको पार्टीले एक्लै वडा सदस्य पनि कहीँ नजित्ने ठोकुवा गरे । कांग्रेस, माओवादी र जनता समाजवादी पार्टीको समर्थन पाउँदा पनि उक्त पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई निर्वाचन जित्न मुस्किल पर्ने दाबी गरे ।













0 प्रतिकृया