Follow us:


Follow us

१३ असोज २०८३, मङ्गलवार
१३ असोज २०८३, मङ्गलवार


सुदूरपश्चिममा नेकपा एसका मन्त्रीले सामूहिक राजीनामा दिँदै

एक्सन खबर
चैत, २५, २०७८


सुदूरपश्चिममा नेकपा एसका मन्त्रीले सामूहिक राजीनामा दिँदै

मोहन जोशी
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी एकीकृत समाजवादी पार्टीका मन्त्रीले सामूहिक राजीनामा दिने भएका छन् । प्रदेश सरकारमा नेपाली कांग्रेसबाट पनि मन्त्री चयन गरेर केन्द्रले सर्कुलर पठाएपछि समाजवादी पार्टीका मन्त्रीले राजीनामा दिन लागेका हुन् ।

हाल समाजवादी पार्टीले ४ मन्त्री र ३ राज्य मन्त्री पाएको थियो । तर, केन्द्रबाट आएको सर्कुलर अनुसार समाजवादीले पाएका दुई मन्त्री र एक राज्य मन्त्री बाहिरिनु पर्नेछ ।

आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्ण जोशी, सामाजिक विकास मन्त्री लालबहादुर खड्का र सामाजिक विकास राज्य मन्त्री मनाकुमारी साउँदको ठाउँमा कांग्रेसका मन्त्री आउने भएपछि समाजवादी पार्टीले सामूहिक राजीनामा दिन थालेको हो ।

हाल आन्तरिक मामिला तथा कानुन मन्त्री रहेकी एकीकृत समाजवादी पार्टीकी केन्द्रीय सदस्य पूर्ण जोशीले हाल सामूहिक राजीनामा दिएर पछि सरकारमा जाने बताइन् ।













0 प्रतिकृया