Follow us:


Follow us

१३ असोज २०८३, मङ्गलवार
१३ असोज २०८३, मङ्गलवार


२६ गतेसम्म चुनावी तालमेलबारे रिपोर्ट बुझाउन गठबन्धनको निर्देशन

एक्सन खबर
चैत, २३, २०७८


२६ गतेसम्म चुनावी तालमेलबारे रिपोर्ट बुझाउन गठबन्धनको निर्देशन

काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनले चैत २६ गतेसम्म जिल्लाको चुनावी अवस्थाको रिपोर्टिङ गर्न निर्देशन दिएको छ । स्थानीय तहको निर्वाचनमा तालमेल गरेर जाने निर्णय गरेको गठबन्धनले यस्तो निर्देशन दिएको हो ।

बालुवाटारमा बुधबार रामचन्द्र पौडेलको अध्यक्षतामा बसेको गठबन्धन सम्वद्ध निर्वाचन तयारी तथा अनुगमन समितिको बैठकले चैत २६ गतेभित्रमा देशैभरबाट रिपोर्टिङ बुझाइसक्न निर्देशन दिएको बैठकमा सहभागी एक नेताले जानकारी दिए । त्यसपछि अर्को बैठक बस्ने उनले जानकारी दिए ।

‘आजको बैठकमा गठबन्धनको मोडालिटी लगायतका विषयमा केही कुराकानी भएको हो । जिल्ला समितिलाई २६ गतेभित्र विस्तृत रिपोर्ट पठाइसक्न भनेका छौं,’ उनले भने ।













0 प्रतिकृया