Follow us:


Follow us

११ असोज २०८३, आइतवार
११ असोज २०८३, आइतवार


धादिङमा केएमसीको निःशुल्क स्वास्थ्य शिविरबाट ११ सय बिरामीले पाए उपचार

एक्सन खबर
चैत, २१, २०७८


धादिङमा केएमसीको निःशुल्क स्वास्थ्य शिविरबाट ११ सय बिरामीले पाए उपचार

धादिङ । धादिङको थाक्रे गाउँपालिका–१० स्थित भिमसेन ठूलो पोखरीमा आइतवार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज, थाक्रे गाउँपालिका र ठूलो पोखरी युवा क्लबको सहकार्यमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।

पूर्व अर्थसचिव कृष्णहरी बास्कोटाको प्रमुख आतिथ्यतामा हरिहर भोजकुमारी माध्यमिक विद्यालयमा शिविर सञ्चालन भएको हो । शिविरमा ११९४ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । जसमध्ये २२१ जनाको रक्त परीक्षण गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । उनका अनुसार शिविरमा १९७ जनाको भिडियो एक्सरे र १०९ जनाको मुटुको जाँच (ईसीजी) पनि गरिएको छ ।

त्यस्तै दाँतको समस्या भएका ५३ जनाको दाँत फुकालिएको छ भने शिविरमा उपचार सम्भव नभएका ४२ जनालाई शल्यक्रियाका लागि अस्पताल रेफर गरिएको छ ।

 केएमसी अध्यक्षको जिम्मेवारी डा.सुनिल शर्माले सम्हालेसँगै गतबर्षदेखि केएमसीले विभिन्न जिल्लामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ ।
















0 प्रतिकृया