Follow us:


Follow us

११ असोज २०८३, आइतवार
११ असोज २०८३, आइतवार


२४ घन्टामा ४० हजारले देश छाडे, गैरसैनिक हत्याको निन्दा

एक्सन खबर
चैत, २१, २०७८


२४ घन्टामा ४० हजारले देश छाडे, गैरसैनिक हत्याको निन्दा

किभ । युक्रेनमाथि रुसी हमला भएपछि अहिलेसम्म ४२ लाख युक्रेनीले देश छोडेका छन् । राष्ट्रसंघले सोमबार सो जानकारी दिएको हो । राष्ट्रसंघका अनुसार पछिल्लो २४ घन्टामा मात्र ४० हजारले देश छाडेका छन् ।  राष्ट्रसंघको उच्चायुक्तको कार्यलयका अनुसार मात्र पाँच सातामा ४१ लाख ७६ हजार ४०१ युक्रेनीले देश छाडेका छन् ।

देश छाड्नेहरूमध्ये ९० प्रतिशत महिला तथा बालबालिका छन् । सरकारले १८ देखि ६० वर्षका पुरुषलाई सैन्य भर्नाका लागि आह्वान गरेकाले उनीहरूले चाहेर पनि देश छाड्न पाएका छैनन् ।  

युद्ध भएपछि १५८ बालबालिकाको मृत्यु भएको २५८ जना घाइते भएको युक्रेनले जनाएको छ । युक्रेनको महान्यायधिवक्ताको कार्यलयका अनुसार युद्धका कारण सबैभन्दा बढी बालबालिका राजधानी किभ र त्यसपछि दोनेत्सकमा प्रभावित भएका छन् ।
 
 गैरसैनिक हत्याको विश्वव्यापी निन्दा

युक्रेनमा रसियाले युद्ध अपराध गरेको भन्दै त्यसको विश्वव्यापी विरोध भएको छ । रुसी सेना किभबाट फर्किन थालेपछि नागरिक हत्या गरेका प्रष्ट प्रमाणहरू फेला परिरहेका बेला विश्व समुदायले त्यसको निन्दा गरेको हो ।

युक्रेनले आइतबार किभ नजिकैको बुचा सहरको एउटा सडकमा २० सर्वसाधारणको शव फेला परेको जनाएको थियो । जर्मनीले त्यसलाई  ‘भयानक युद्ध अपराध’ भन्दै त्यसको निन्दा गरेको छ । त्यस्तै फ्रान्सका राष्ट्रपति म्याक्रोनले घटनास्थलका तस्बीरलाई  ‘असहनीय’ भनेका छन् । बेलायती प्रधानमन्त्रीले ‘घृणित आक्रमणहरू’ युद्ध अपराधको प्रमाण भएको बताएका छन् ।

त्यसैगरी अमेरिकाले पनि सामूहिक शव फेला परेको घटनाको निन्दा गरेको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले सडकमा शवहरूको दृश्यलाई पाशविक भनेका छन् । यसैबीच रुसी सेनाले रणनीतिक दक्षिणको बन्दरगाह सहर ओडेसामा गोलाबारी तीव्र पारेको छ ।













0 प्रतिकृया