Follow us:


Follow us

२२ जेठ २०८३, शुक्रवार
२२ जेठ २०८३, शुक्रवार


भेनेजुएलामाथि अर्जेन्टिनाको सानदार जित

एक्सन खबर
चैत, १२, २०७८


भेनेजुएलामाथि अर्जेन्टिनाको सानदार जित

काठमाडौं । कतार फिफा विश्वकप-२०२२ अन्तर्गत दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले कप्तान लियोनल मेस्सीको गोलसँगै भेनेजुएलामाथि ३-० अन्तरको सानदार जित निकालेको छ ।

शनिबार बिहान घरेलु मैदानमा अर्जेन्टिनालाई जिताउन निकोलस गोन्जालेज, एन्जल डि मारिया र कप्तान लियोनेल मेस्सीले गोल गरे ।

अर्जेन्टिनाले घरेलु दर्शक माझ पहिलो हाफमा एक तथा दोस्रो हाफमा दुई गोल थपेको थियो । ३४औं मिनेटमा निकोलस गोन्जालेजको गोलसँगै अर्जेन्टिनाले पहिलो हाफमा १–० को अग्रता बनायो । ७९औं मिनेटमा डि मारियाले गोल गरे  ।

८२औं मिनेटमा डि मारियाकै पासमा कप्तान लियोनेल मेस्सीले गोल गर्दै अर्जेन्टिनाको सानदार जित निकाले । राष्ट्रिय टाेलीमा मेसीकाे याे ८१ औं गाेल रह्याे ।

जितपछि अर्जेन्टिना १६ खेलबाट ३८ अंक जोडेर दोस्रो स्थानमा  छ । पराजित भेनेजुएला १७ खेलबाट १० अंक जोडेर पुछारमा  छ । अर्जेन्टिना यसअघिनै विश्वकपमा स्थान बनाइसकेको छ । समुहकाे शिर्ष स्थानमा ब्राजिल रहेकाे छ ।













0 प्रतिकृया