Follow us:


Follow us

२२ जेठ २०८३, शुक्रवार
२२ जेठ २०८३, शुक्रवार


टाइम्स क्लब हाेराइजन कप राष्ट्रिय बास्केटबलकाे विजेता

एक्सन खबर
चैत, ११, २०७८


टाइम्स क्लब हाेराइजन कप राष्ट्रिय बास्केटबलकाे विजेता

धरान । हाेराइजन राष्ट्रिय बास्केटबल रनिङ कप प्रतियोगीताको विजेता टाइम्स इन्टरनेशनल कलेज काठमाण्डूको टाइम्स बास्केटबल क्लब बनेको छ । शुक्रवार साबिक विजेता त्रिभूवन आर्मीलाई ८१–७८ अंकले पराजित गर्दै टाइम्सले रनिङ कप चुमेको हो ।

फाइनलमा टाइम्स र आर्मीले १९–२५, ३७–३९, ५५–६१, ८१–७८ अंक जोडेका थिए । प्रतियोगीताको पाँचौ संस्करणमा रुपेन्देहीलाई पराजित गर्दै हाेराइजन कप विजेता बनेको त्रिभूवन आर्मीले छैठौं प्रतियोगीतामा उपविजेतामा चित्त बुझाउनु पर्यो । आर्मीलाई ५५ हजार ५५५ रुपैया प्रदान गरियो ।

प्रतियाेगिताकाे समापन समारोहमा धरान उपमहानगरपालिकाका मेयर तिलक राईले कपसँगै विजेता टाइम्स क्लबलाई नगद पुरस्कार १ लाख ११ हजार १११ रुपैया प्रदान गरे ।

प्रतियोगीताको सर्वोत्कृष्ट खेलाडी टाइम्सका सदिश प्रधान भए । उदयीमान खेलाडीको पुरस्कार हाेराइजन क्लबका कबिन मगर भए भने, फाइनल खेलको म्यान अफ दि म्याच आर्मीका विनोद महर्जन घोषित भए । उनीहरुलाई सर्वोत्कृष्ट खेलाडी ११ हजार, उदयीमान खेलाडीलाई ५ हजार र म्यान अफ दि म्याचको मेडल र नगद पुरस्कार प्रदान गरियो ।

समापन समारोहमा जेष्ठ नागरिकलाई क्लबले गर्दै आएको सम्मान धरान–१७ की खिल माया थापा तथा क्लबको संस्थापन सदस्य नन्दा राईलाई हाेराइजन क्लबका अध्यक्ष बसन्त राईले दोसल्ला ओढाई सम्मान गरे । २०५१ सालमा स्थापना भएकाे क्लब २०६९ मा विधिवत् दर्ता भएपछि  बास्केटबल प्रतियोगीता आयोजना गर्न थालेको हो ।













0 प्रतिकृया