नेपाल पीएनजीसँग ६ रनले पराजित, रोहितको पहिलाे शतक
एक्सन खबर
काठमाडौं ।
युवा ब्याटर रोहित कुमार पौडेलको शतक प्रेरित नेपाल घरेलु मैदानमा पपुवा
न्युगिनी (पीएनजी) विरुद्धको पहिलो खेलमा ६ रनले पराजित भएको छ ।
२९३
रनको विजयी लक्ष्य पछ्याएको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर मात्र २८६ रन
बनाउन सक्यो । रोहितले १२६ रनको कीर्तिमानी शतकीय इनिङमा खेले पनि नेपाल
जितबाट टाढा रह्यो । रोहितको यो अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो शतक हो ।
यस्तै रोहित एकदिवसीयमा सर्वाधिक रन बनाउने पहिलो नेपाली खेलाडी बने ।
उनले
१०७ बलमा ७ चौका र ४ छक्का प्रहार गर्दै नेपाललाई बलियो स्थितिमा
पुर्याएका थिए । नेपालका आरिफ शेखले ३४, कुशल भुर्तेलले ३२, सोमपाल कामी र
कमल सिंह ऐरीले समान १८ रन बनाउँदा भिम शार्कीले १७ रन बनाए ।
पीएनजीका
नोरमान भानुअले ३ विकेट लिए । यस्तै चार्ल्स अमिनी, असद भालाले समान २/२
विकेट लिए । त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ
गरेको पीएनजीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २९२ रन बनायो ।
पीएनजीका
चार्ल्स अमिनीले सर्वाधिक ७७ रनको इनिङ खेले । यस्तै कप्तान असद भालाले ६०
रनको योगदान गरे । ओपनर टोनी उराले ३८ रन बनाउँदा रिले हेकुरेले ३१,
नोरमान भानुअले ४७ रन बनाए ।
नेपालका कमल ऐरी, सोमपल कामी,
दिपेन्द्र सिंह ऐरीले समान २ विकेट लिए । कप्तान सन्दीप लामिछाने र आरिफ
शेखले समान १ विकेट हात पारे । अब, नेपालले पीएनजीविरुद्ध भोलि शनिबार नै
दोस्रो खेल खेल्नेछ ।
0 प्रतिकृया