Follow us:


Follow us

१० असोज २०८३, शनिवार
१० असोज २०८३, शनिवार


डल्लेचौरमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर, ७२१ बिरामी लाभान्वित

एक्सन खबर
चैत, १०, २०७८


डल्लेचौरमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर, ७२१ बिरामी लाभान्वित

काठमाडौं । काठमाडौं महानगरपालिका–३० स्थित डल्लेचौरमा बिहीवार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । वडा नम्बर ३० स्थित शहरी स्वास्थ्य प्रवर्धन केन्द्र र काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजको सहकार्यमा निःशुल्क शिविर सञ्चालन गरिएको हो ।

प्रवर्धन केन्द्रको परिषरमा सञ्चालन भएको शिविरमा ७२१ जना बिरामी लाभान्वित भएका छन् । जसमध्ये १८९ जनाको रक्त परीक्षण गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । उनका अनुसार शिविरमा १६३ जनाको भिडियो एक्सरे र १०९ जनाको मुटुको जाँच (ईसीजी) पनि गरिएको छ ।

त्यस्तै दाँतको समस्या भएका २० जनाको दाँत फुकालिएको छ भने शिविरमा उपचार सम्भव नभएका १५ जनालाई शल्यक्रियाका लागि अस्पताल रेफर गरिएको छ ।

केएमसीले बुधबार काठमाडौंको बुढानिलकण्ठमा स्वास्थ्य शिविर सञ्चालन गरेर ९२१ जना बिरामीको निःशुल्क उपचार गरेको थियो । केएमसी अध्यक्षको जिम्मेवारी डा. सुनिल शर्माले सम्हालेसँगै गत बर्षदेखि विभिन्न जिल्लामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ ।














0 प्रतिकृया