Follow us:


Follow us

२३ जेठ २०८३, शनिवार
२३ जेठ २०८३, शनिवार


रामेछापमा केएमसीको दुई दिने निःशुल्क स्वास्थ्य शिविर सुरू

एक्सन खबर
चैत, ७, २०७८


रामेछापमा केएमसीको दुई दिने निःशुल्क स्वास्थ्य शिविर सुरू

रामेछाप । रामेछापको गोकुलगंगा–३ मा सोमबारबाट निःशुल्क स्वास्थ्य शिविर सुरु भएको छ । गोकुलगंगा गाउँपालिका र काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजको सहकार्यमा दुई दिने निःशुल्क स्वास्थ्य शिविर सुरु भएको हो ।

पालिका अस्पताल रस्नालुमा सञ्चालित शिविरमा पहिलो दिन ९६५ जनाको स्वास्थ्य परीक्षण गरिएको छ । जसमा २११ जनाको रक्त परीक्षण, १९७ जनाको भिडियो एक्सरे र १५३ जनाको ईसीजी गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए ।

त्यस्तै ५५ जनाको दाँत खोलिएको छ भने शिविरमा उपचार सम्भव नभएका ४७ जना बिरामीलाई शल्यक्रियाका लागि अस्पताल रेफर गरिएको आयोजकले जनाएको छ । शिविर मंगलबार पनि जारी रहने छ ।

केएमसीले शुक्रबार भक्तपुरको दधिकोटमा स्वास्थ्य शिविर सञ्चालन गरेर ९६५ जना बिरामीको निःशुल्क उपचार गरेको थियो । डा. सुनिल शर्माको प्रवेशसँगै केएमसीले गतबर्षदेखि निःशुल्क स्वास्थ्य शिविर सञ्चालनलाई निरन्तरता दिइरहेको छ ।
















0 प्रतिकृया