Follow us:


Follow us

१२ असोज २०८३, सोमवार
१२ असोज २०८३, सोमवार


पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा कोरोना बिरामी भर्ना लिन बन्द

एक्सन खबर
चैत, ४, २०७८


पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा कोरोना बिरामी भर्ना लिन बन्द

पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना संक्रमित बिरामीको भर्ना प्रक्रिया बन्द गरेको छ । कोरोना संक्रमणदर अत्यन्तै न्यून रहेको भन्दै प्रतिष्ठानले अर्को सूचना जारी नभएसम्मका लागि भर्ना प्रक्रिया बन्द गराएको हो ।

यो बीचमा कोही व्यक्तिहरू कोरोना संक्रमणको कारण अस्पतालमा भर्ना हुनुपर्ने अवस्था आएमा संक्रामक तथा सरुवा रोग अस्पताल लेखनाथमा सम्पर्क गर्नुपर्नेछ । कोरोना संक्रमणदर उच्च भएमा पुनः उक्त सेवा सञ्चालन गरिने अस्पताल प्रशासनले जनाएको छ ।

पछिल्लो समय देशभर नै कोरोना संक्रमणदर कम हुँदै गएको छ । जसले गर्दा अन्य स्थानमा पनि कोरोना संक्रमितको उपचार गराउँदै आएका स्वास्थ्य संस्था तथा अस्पतालहरूले सेवा बन्द गराउँदै आएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नै संक्रमणदरको अवस्थालाई हेरेर अन्य नियमित सेवालाई प्रभावकारी बनाउन निर्देशन दिइसकेको छ ।













0 प्रतिकृया