बसन्तपुरमा दुई वर्षपछि फर्किएको होलीले ल्याएको खुसी (फोटो फिचर)
एक्सन खबर
काठमाडौं । रंगहरुको पर्व फागु पुर्णिमाको पहिलो दिन
काठमाडौं उपत्यकामा विशेष रह्यो । कोरोना महामारीका कारण २ वर्ष फागु मनाउन
बञ्चित सर्वसाधारण यसपल्ट खुलेर घर बाहिर निस्किए । हरेक वर्ष होलीको दिन
राजधानीको बसन्तपुरमा विशेष आकर्षण हुने गरेको छ । यो वर्ष न्यूरोड
बसन्तपुर गएर होली खेल्नेहरु विगतका वर्षहरुमा भन्दा बढी देखिए ।
योसँगै
टुंडिखेल, भृकुटीमण्डप, नयाँ बानेश्वर, लगनखेल लगायतका स्थानमा पनि होली
खेल्नेहरुको भिडभाड छ । विगतका होलीहरु भन्दा योपल्टको होली सोहार्दपूर्ण र
हार्दिकतापूर्ण भएको युवाहरुको भनाई छ ।
बसन्तपुरमा होली खेल्न
भेला भएका युवायुवतीहरुले एक अर्कामा हार्दिकताका साथ रंग लगाएका छन् ।
बसन्तपुरमा आयोजित सांगितिक कार्यक्रममा युवायुवतीहरु मज्जाले झुमेका
देखिन्थे ।
आज मुलुकका पहाडी जिल्लाहरुमा होली पर्व मनाइएको छ ।
भोली तराईका जिल्लाहरुमा धुमधामका साथ होली मनाउने गरिन्छ । होली पर्व
हिन्दुधर्मावलम्बीहरुले धुमधामका साथ मनाउने गरेपनि पछिल्ला वर्षहरुमा
गैरहिन्दु धर्मावलम्बीहरु समेत सहभागी भएर मनाउने गरिएकाले यो पर्वलाई
हार्दिकता, एकता र भाइचाराको पर्वका रुपमा लिन थालिएको छ ।
हेर्नुहोस् थप फोटोहरुः
0 प्रतिकृया