Follow us:


Follow us

२३ जेठ २०८३, शनिवार
२३ जेठ २०८३, शनिवार


नोबेलले पढाई छुटेका विद्यार्थीका लागि बेग्लै कक्षा सञ्चालन गर्ने

एक्सन खबर


नोबेलले पढाई छुटेका विद्यार्थीका लागि बेग्लै कक्षा सञ्चालन गर्ने

काठमाडौं । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा भर्ना भई विगत चार महिनादेखि पढाई छुटेका एमबीबीएस १५ औं ब्याचका विद्यार्थीहरुका लागि कलेजले छुट्टै कक्षा सञ्चालन गर्ने भएको छ । बुधबार काठमाडौंमा भएको छलफलका क्रममा कलेज प्रशासन र विद्यार्थीहरुबीच छुट्टै कक्षा सञ्चालन गरेर छुटेको पढाई ‘रिकभर’ गर्ने सहमति भएको हो ।

सहमति पत्रमा कलेजका तर्फबाट प्राचार्य प्रा.डा.रामहरी घिमिरे र सल्लाहकार डा.केपी शर्मासहित दश जना विद्यार्थीहरुले हस्ताक्षर गरेका छन् । सहमति पत्रमा विद्यार्थीहरु अमृत रिजाल, सदिक्षा आचार्य, सदिक्षा चापागाई, दिपेश पौडेल, श्रद्धा मैनाली, अभिषेक मावो, राजन शाह, प्रशेष जोशी, मनोज न्यौपाने र तमुन्ना कार्कीले हस्ताक्षर गरेका छन् ।

सहमति अनुसार १० जना विद्यार्थीहरुको पहिलो सेमेष्टरमा छुट भएको ४ महिनाको अध्ययन रिकभर गर्ने गरी चैत ७ गतेबाट २ महिनासम्मका लागि कलेजले छुट्टै कक्षा सञ्चालन गर्नेछ ।

विद्यार्थीहरुका लागि सोही अवधिमा प्रत्यक शनिवार छुट्टै प्राक्टिकल कक्षा सञ्चालन गरिनेछ । पहिलो सेमेष्टरको कोर्स सकिएपछि मात्र कलेजले उक्त सेमेष्टरको छुट्टै परीक्षाको व्यवस्था मिलाउँने नोबेल मेडिकल कलेजका सञ्चालक डा.सुनिल शर्माले जानकारी दिए ।















0 प्रतिकृया