Follow us:


Follow us

२३ जेठ २०८३, शनिवार
२३ जेठ २०८३, शनिवार


फुलटाइम काम गरेर पार्ट टाइम उच्च शिक्षा कहाँ कसरी पढ्ने ?

एक्सन खबर


फुलटाइम काम गरेर पार्ट टाइम उच्च शिक्षा कहाँ कसरी पढ्ने ?

काठमाडौं । एसईई उत्तिर्ण गरेपछि तीनवर्षे डिप्लोमा (सिभिल वा आर्किटेक्चर) र ९ देखि १२ सम्मको राष्ट्रिय परीक्षा वोर्डको टेक्निकल–भोकेसनल सिभिल इन्जिनियरिङ गरेर जागिर खाइरहेकाहरुलाई त्यसभन्दा माथिको उच्च शिक्षा हासिल गर्न सहज हुँदैन । दैनिक ६ घण्टा हप्ताको ६ दिन कलेज धाएर पढ्नुपर्ने बाध्यताले गर्दापनि डिप्लोमा होल्डर्सहरुमा आफ्नो पढाईको चाहना मनमै दवाएर राख्नुपर्ने परिस्थिति छ ।  यद्यपि, ‘जहाँ इच्छा त्यहाँ उपाय’ भनेजस्तै पढ्दै काम गर्ने सोच बनाएकाहरुलाई उपाय नभएको हैन ।

डिप्लोमा गरेर सरकारी निकायमा आबद्धहरुलाई पढेर विश्वविद्यालयको सर्टिफिकेट हासिल गर्ने सहज उपाय सन्ध्याकालिन कक्षा हो । तर, यो सबै कलेज तथा विश्वविद्यालयहरुमा छैन ।

नेपाल इन्जिनियरिङ कलेज (नेक) मा भने डिप्लोमा होल्डर्स विद्यार्थीको समस्या निराकरण गर्न ‘ब्याचलर इन सिभिल इन्जिनियरिङ फर डिप्लोमा होल्डर्स’ कार्यक्रम छ जहाँ दिउसो काम गरेर साँझको समय अध्ययन गर्न पाइन्छ । पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त नेकमा तीनवर्षे डिप्लोमा (सिभिल वा आर्किटेक्चर) र ९ देखि १२ सम्मको राष्ट्रिय परीक्षा वोर्डको टेक्निकल–भोकेसनल सिभिल इन्जिनियरिङ गरेकाहरुलाई इन्जिनियर बनाउनकै लागि ‘ब्याचलर इन सिभिल इन्जिनियरिङ फर डिप्लोमा होल्डर्स’ कार्यक्रम सञ्चालन गरिएको हो ।

डिप्लोमा इन्जिनियर्स एसोसिएसन नेपालको पहलमा नेपालमा पहिलो पटक आधिकारीक रुपमा सरकारी तथा गैरसरकारी संघ संस्थामा कार्यरत सिभिल तथा आर्किटेक्चर सव–इन्जिनियरहरूको लागि सिभिल इन्जिनियरिङ पढाईको लागि नेपाल इन्जिनियरिङ कलेजका तत्कालिन संस्थापक अध्यक्ष स्व. प्रा.डा. दिपक भट्टराई, हाल नेपाल इन्जिनियरिङ कलेजका प्राचार्य प्रा.डा. हरिकृष्ण श्रेष्ठ र प्रा.डा. राजेन्द्र प्रसाद अधिकारीले पोखरा विश्वविद्यालयसँग समन्वय गरि सम्बन्धन लिई सन् २००१ देखि ‘ब्याचलर इन सिभिल इन्जिनियरिङ फर डिप्लोमा होल्डर्स’ कार्यक्रम सञ्चालन गरि सिभिल इन्जिनियरिङ अध्ययनबाट बन्चित सरकारी तथा गैरसरकारी संघ संस्थामा कार्यरत सिभिल तथा आर्किटेक्चर सव–इन्जिनियरहरूलाई कुशल सिभिल इन्जिनियर बन्ने अवसर प्रदान गरेका थिए ।

‘यो कोर्ष २०४४, ०४५ सालतिर ओभरसियर भएकाहरुलाई उच्च शिक्षा हासिल गर्ने बाटो बनाउन तयार पारिएको थियो । डिप्लोमा गरेका तथा फुल टाइम काम गरेर पार्टटाइम पढ्ने योजना बनाएकाहरुलाई यो कार्यक्रम अत्यन्त लाभदायक छ ।’ नेकका प्रिन्सिपल प्रा.डा. हरिकृष्ण श्रेष्ठ भन्छन् ।

डिप्लोमा गरेकाहरुलाई काम गर्दै इन्जिनियरिङ उच्च शिक्षा अध्ययन गर्ने बाटो नेपाल इन्जिनियरिङ कलेजले खोलिदिएको छ ।


नौं सेमेष्टरको यो विडिएच कार्यक्रम अन्य कार्यक्रम भन्दा एक सेमेष्टर लामो छ । स्नातक तहका अन्य कोर्ष चार वर्षे हुँदा यो कोर्ष पुरा गर्न साढे ४ वर्ष लाग्छ । कलेजका विडिएच कार्यक्रमका प्रोग्राम अफिसर असिस्टेन्ट प्रोफेसर सञ्जय कंवाका अनुसार नेपाल इन्जिनियरिङ कलेजले ‘ब्याचलर इन सिभिल इन्जिनियरिङ फर डिप्लोमा होल्डर्स’ कार्यक्रम आधिकारीक रुपमा पठनपाठन बेलुका ५:३० देखि ९:०० बजे  (माघ १६ गते देखि कार्तिक १५ सम्म) र बेलुका ४:३० देखि ८:०० बजे सम्म (कार्तिक १६ गतेदेखि माघ १५ गते सम्म) सञ्चालनमा ल्याएदेखि सरकारी तथा गैरसरकारी संघ संस्थामा कार्यरत सिभिल तथा आर्किटेक्चर सव–इन्जिनियरहरूले सिभिल इन्जिनियरिङ अध्ययन गर्नको लागि कार्यालयबाट अध्ययन बिदा लिनुपर्ने तथा जागिर नै छोडी पढ्नु पर्ने बाध्यताको समाधान भएको छ।  

यो कार्यक्रममा १३० क्रेडिटको पढाई हुने गर्दछ । हप्ताको ६ दिन वेलुका सैद्धान्तिक पढाई र शनिबार विहान ७ बजेदेखि ३ बजे सम्म प्रयोगात्मक कक्षा हुने गर्दछ । ‘अहिले हामीसँग याे कार्यक्रममा विभिन्न सरकारी, गैरसरकारी क्षेत्रमा काम गर्ने व्यक्तिहरु अध्ययनरत छन् ।’ प्रोग्राम अफिसर कंवा भन्छन्।  सन् २००१ देखि २०२१ सम्म आई पुग्दा नेपाल इन्जिनियरिङ कलेजको यो प्रोग्राममा जम्मा ९०० बिद्यार्थीहरुले सिभिल इन्जिनियरिङ अध्ययन गरि देशको भौतिक पुर्वाधार बिकासमा ठुलो योगदान गरेका छन् ।

त्रिभुवन विश्वविद्यालयको २ वर्षे डिप्लोमा कार्यक्रम हुँदा फिजिक्स केमिष्ट्री र गणितकाे विस्तृत अध्ययन नहुने हुनाले विज्ञान र गणित विषय समावेश गरि  थप एक सेमेष्टर अध्ययन गराउनु परेको थियो । ‘तर, हाल तीन वर्षे डिप्लोमा कार्यक्रम भएको अवस्थामा यसलाई परिमार्जन गर्ने प्रस्ताव आइसकेको छ । विश्वविद्यालयले नयाँ पाठ्यक्रम बनाउला ।’ कंवा भन्छन् ।

यस हिसाबले भन्ने हो भने डिप्लोमा गरेकाहरुलाई काम गर्दै इन्जिनियरिङ उच्च शिक्षा अध्ययन गर्ने बाटो नेपाल इन्जिनियरिङ कलेजले खोलिदिएको छ । यो विषय नेकको ललितपुरस्थित सातदोबाटोमा रहेको कलेजमा अध्ययन गर्न सकिन्छ ।

कति शुल्क लाग्छ ?


९ सेमेष्टर (साढे ४ वर्ष) को यो कोर्ष अध्ययन गर्न ११ लाख ४० हजार शुल्क तोकिएको छ । जसमा अहिले कलेजले १० प्रतिशत शुल्क छुट पनि दिएको छ ।

छात्रबृत्ति छ कि छैन ?

नेकमा पोखरा विश्वविद्यालयले दिने छात्रबृत्ति सँगै कलेज आफैंले विभिन्न शिर्षकमा छात्रबृत्तिहरु पनि दिएको छ । प्रवेश परीक्षा टप गर्ने, सेमेस्टरमा उत्कृष्ट हुने विद्यार्थीहरूलाई छात्रवृत्ति दिइन्छ । यसका अलावा कलेजले प्रादेशिक तथा स्थानीय तहमा पनि छात्रबृत्तिहरु दिने गरेको छ ।

सामाजिक शैक्षिक संस्थाका रुपमा जिल्ला प्रकाशन कार्यालय भक्तपुरमा दर्ता भई पछिल्लो समय नेपाल सरकार, शिक्षा मन्त्रालय अन्तरगत गठन गरिएको बोर्डमार्फत यो कलेज सञ्चालनमा रहेकाले अन्य निजी क्षेत्रको दाँजोमा यहाँको शैक्षिक शुल्क कम रहेको छ भने, शैक्षिक गुणस्तर अन्तराष्ट्रिय स्तरकै रहेको छ।
















0 प्रतिकृया