Follow us:


Follow us

१२ असोज २०८३, सोमवार
१२ असोज २०८३, सोमवार


वीपी प्रतिष्ठानका डाक्टर कलवारलाई तीन महिना निलम्बन गर्ने तयारी

एक्सन खबर
चैत, २, २०७८


वीपी प्रतिष्ठानका डाक्टर कलवारलाई तीन महिना निलम्बन गर्ने तयारी

काठमाडाैं । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका हाडजोर्नी विशेषज्ञ डा. रोशनप्रसाद शाह कलवारलाई तीन महिना निलम्बन गर्ने भएकाे छ । नेपाल मेडिकल काउन्सिलले डा. कलवारले बिरामीको शल्यक्रियाको क्रममा अवाञ्छित तथा गैरकानुनी कार्य गरेको र चिकित्सकीय आचरणको न्यूनतम मापदण्ड पालना नगरेको भन्दैं निलम्बनको प्रक्रिया अगाडि बढाएको श्राेतकाे दावी छ ।

प्रतिष्ठानमा गएकाे २९ पुसमा एक बिरामीको शल्यक्रिया गरी स्टील (साइन नेल) लगाउने विषयमा विवाद भएकोमा काउन्सिलले उक्त घटनामाथि छानविन गर्न समिति बनाएको थियो । उक्त समितिले दिएको प्रतिवेदनका आधारमा काउन्सिलको पूर्ण बैठकले डा. कलवारलाई तीन महिना लागि व्यवसायिक कार्य गर्न निलम्बन किन गर्ने ? भनेर स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

उक्त छानविन समितिमा काउन्सिलका आचारसंहिता तथा स्वास्थ्य समिति संयोजक डा. हरिहर वस्ती संयोजक, काउन्सिलका सदस्य डा. कालुसिंह खत्री र हाडजोर्नी विशेषज्ञ डा. गणेश गुरुङ सदस्य रहेका थिए ।  

काउन्सिलले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई हाडजोर्नी विभागबाट प्रयोग गरिने र विदेशी दातृ संस्थाबाट प्राप्त हुने साइन नेल सम्बन्धि आवश्यक निर्देशिका बनाउन पनि निर्देशन दिने निर्णय गरेको छ ।

बिरामीको उपचारमा संलग्न अन्य दुई चिकित्सक डा. अमित विक्रम शाह र डा. अमित लिम्बुलाई आइन्दा त्यस्ता गतिविधीमा संलग्न नहुन सचेत गराउने निर्णय गरेको श्राेतकाे भनाइ छ । आफ्नो विभागमा पटक–पटक यस्ता विवाद हुँदा पनि निरुपण गर्न नसकेको भन्दै विभागीय प्रमुख प्रा. डा. विक्रम श्रेष्ठलाई पनि सचेत गराउने निर्णय भएको काउन्सिलका एक सदस्यले बताए ।













0 प्रतिकृया