Follow us:


Follow us

१३ असोज २०८३, मङ्गलवार
१३ असोज २०८३, मङ्गलवार


एमाले सचिवालय बैठक आज बस्दै, निर्वाचन केन्द्रीत एजेण्डा

एक्सन खबर
चैत, १, २०७८


एमाले सचिवालय बैठक आज बस्दै, निर्वाचन केन्द्रीत एजेण्डा

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा दिउँसो ३ बजे बैठक बस्ने भएको हो । बैठकमा केन्द्रीय कमिटी र पोलिटब्युरो बैठकको मिति र एजेण्डा तय गर्नेबारे छलफल हुने पार्टी उपाध्यक्ष युवराज ज्ञवालीले जानकारी दिए ।

दुबै बैठक स्थानीय तह निर्वाचन केन्द्रित विषयमा छलफल गर्न बोलाउन लागिएको उनले जानकारी दिए । स्थानीय निर्वाचन आउन मुस्किलले दुई महिना बाँकी छ ।

निर्वाचन अभियान आक्रमक ढंगले  सञ्चालन गर्न दुबै तहको बैठकबाट थप निर्णय गरेर अघि बढ्ने उपाध्यक्ष ज्ञवालीले बताए । एमालेले स्थानीय तथा त्यसपछिकाे प्रतिनिधि सभा निर्वाचनमा कुनै दलसँग गठबन्धन गरेर नजाने स्पष्ट पारिसकेकाे छ ।













0 प्रतिकृया