Follow us:


Follow us

१० असोज २०८३, शनिवार
१० असोज २०८३, शनिवार


सप्तरीमा नोबेलको निःशुल्क स्वास्थ्य शिविरबाट १४ सय बिरामी लाभान्वित

एक्सन खबर
फागुन, ३०, २०७८


सप्तरीमा नोबेलको निःशुल्क स्वास्थ्य शिविरबाट १४ सय बिरामी लाभान्वित

सप्तरी । सप्तरीको कञ्चनपुर नगरपालिका–१२ मा सोमबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । स्थानीय रुपनगर चौकस्थित एमडी हेल्थ केयर हस्पिटल प्रा.लि. सँग सहकार्य गरेर विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले एकदिने  शिविर सञ्चालन गरेको हो ।

एमडी हेल्थ केयर हस्पिटलमा सञ्चालन भएको शिविरमा १४३३ जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । उपचारका लागि शिविरमा आएका २१६ जनाको रक्त परीक्षण, १९७ जनाको  भिडियो एक्सरे र १६२ जनाको मुटुको जाँच (इसीजी) गरिएको नोबेल शिक्षण अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । त्यस्तै दाँतमा समस्या भएका ४८ जनाको दाँत खोलिएको छ ।  

ग्रामीण क्षेत्रका विपन्न बिरामीलाई लक्षित गरेर नोबेलले पूर्वी नेपालका गाउँ–गाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ ।















0 प्रतिकृया