Follow us:


Follow us

१३ असोज २०८३, मङ्गलवार
१३ असोज २०८३, मङ्गलवार


‘हलो’ नदिए चुनाव हुन दिँदैनाैं

एक्सन खबर
फागुन, ३०, २०७८


‘हलो’ नदिए चुनाव हुन दिँदैनाैं

बर्दिया । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टीलाई चुनाव चिह्न हलो नदिए सडकबाट विकल्प खोज्ने चेतावनी दिएका छन् । बर्दियामा सोमबार आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपालाई चुनाव चिह्न हलो दिनुपर्ने माग गर्दै नदिएमा सडकबाट विकल्प खोज्ने चेतावनी दिएका हुन् ।

राप्रपालाई चुनाव चिह्न हलो नदिएमा निर्वाचन बहिस्कार नगर्ने, तर हुन नदिने भन्दै उनले भने, ‘राप्रपालाई आगामी स्थानीय तहको निर्वाचनमा दलको चुनाव चिह्न ‘हलो’ दिइएन भने चुनाव बहिष्कार गर्ने होइन, चुनाव नै हुँदैन, हामी हुन दिँदैनौँ ।’

राप्रपालाई राजनीतिक मूलधारबाट धकेल्ने र देशलाई मुठभेडतर्फ लैजान खोजेको भन्दै लिङ्देनले सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण गराए ।



‘राप्रपालाई राष्ट्रिय राजनीतिको मूलधारबाट पर धकेल्ने कुरा स्विकार्य छैन । द्वन्द्व र मुठभेड तर्फ मुलुकलाई नधेकेल्न सरकार र निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण गराउँदछु,’ सभामा उनले भने, ‘देशभरका कार्यकर्ता साथीहरूलाई विश्वास दिलाउन चाहन्छु कि राप्रपाका कार्यकर्ताले, राप्रपालाई मत दिन चाहने मतदाताले हाम्रो चुनाव चिह्न ‘हलो’ मै भोट हाल्न पाउनुहुनेछ ।’













0 प्रतिकृया