Follow us:


Follow us

२३ जेठ २०८३, शनिवार
२३ जेठ २०८३, शनिवार


इन्जिनियर एशाेसिएसनको निर्वाचनमा लोकतान्त्रिक समूह अगाडि

एक्सन खबर
फागुन, २९, २०७८


इन्जिनियर एशाेसिएसनको निर्वाचनमा लोकतान्त्रिक समूह अगाडि

ईश्वरी बराल
काठमाडौं । नेपाल इन्जिनियर एशाेसिएसन (नेइए) को निर्वाचनअन्तर्गत अहिले मतगणना भइरहेको छ । ललितपुरको पुल्चोकस्थित एक भवनमा मतगणना भइरहेको छ । आइतबार बिहानैदेखि सुरु भएको मतगणना बेलुकासम्म सकिने भएको छ । एशाेसिएसनको नयाँ कार्यसमितिका लागि शुक्रबार मतदान भएको थियो ।

नेपाल इन्जिनियर एशाेसिएसनको अध्यक्ष पदका लागि पाँचजनाबीच प्रतिस्पर्धा भएको छ । लोकतान्त्रिक समूहबाट डा. हरिबहादुर दर्लामी, प्रगतिशील समूहबाट डा.सुरज लामिछाने, एकीकृत समाजवादी वाम गठबन्धनबाट डा. हरेराम पराजुली र नेपाल इन्जिनियर्स समाजबाट राजेन्द्रप्रसाद हाडा अध्यक्षका लागि चुनावी मैदानमा छन् । दिलीपकुमार झा अध्यक्षका स्वतन्त्र उम्मेदवार हुन् ।

नेपाल इन्जिनियर एशाेसिएसनमा कुल साढे २१ हजार मतदाता रहेकोमा करिब साढे १० हजार मात्रै मत खसेको लोकतान्त्रिक समूहबाट उपाध्यक्षका उम्मेदवार डा. नारायणप्रसाद अधिकारीले जानकारी दिए । उनका अनुसार अहिलेसम्म करिब २५ प्रतिशत मत गन्दा लोकतान्त्रिक समूह अगाडि छ ।

हालसम्म नतिजा आएका सबै प्रदेशतर्फको नेतृत्वमा लोकतान्त्रिक समूह विजयी भएको छ । सात प्रदेशमध्ये पाँचवटाको नतिजा आएको छ । दुईवटा प्रदेशको मतगणना जारी रहेको लोकतान्त्रिक समूहको तर्फबाट उपमहासचिवका उम्मेदवार सरोज धितालले जानकारी दिए ।

‘नेपाल इन्जिनियर एशाेसिएसनको प्रदेश १ को अध्यक्षमा जयनाथ यादव, गण्डकी प्रदेशको अध्यक्षमा विजेन्द्र केसी, लुम्बिनी प्रदेशको अध्यक्षमा शैलेन्द्रकुमार श्रेष्ठ, कर्णाली प्रदेशको अध्यक्षमा हरि केसी र सुदूरपश्चिम प्रदेशको अध्यक्षमा पदमराज पन्त निर्वाचित भएका छन् । विजयी सबै लोकतान्त्रिक समुहका हुन्,’ उनले भने ।

मतगणना जारी रहेका अन्य दुई प्रदेशमा पनि लोकतान्त्रिक समूह नै अगाडि रहेको केन्द्रीय समिति सदस्यकी उम्मेदवार विद्या बरालले जानकारी दिइन् ।













0 प्रतिकृया