रूक्रेन रूस युद्धः किभनजिकै रुसी फौज, पुटिनलाई ब्रेन डिसअर्डर
एजेन्सी
किभ । युक्रेनको दक्षिणी सहर मारिओपोलमा नागरिक पूर्वाधारहरु र आवासीय भवनहरुमा अत्यधिक क्षति भएको पछिल्लो स्याटलाईट तस्विरहरुले देखाएको छ । कृष्ण सागर बन्दरगाह सहरको पश्चिमा खण्डमा आगो देखिएको हाइ रिजोलुसन तस्विरहरुले देखाएको छ ।
अमेरिकी निजी कम्पनी म्याक्सर टेक्नोलोजीले सार्वजनिक गरेको तस्विरमा दर्जनौं क्षतिग्रस्त अग्ला अपार्टमेन्ट देख्न सकिन्छ । युक्रेनी विदेशमन्त्री दिमित्रो कुलेबाले आफ्नो देशमा आक्रमण गर्ने रुसी सेनाले मारिउपोललाई घेरेको भए पनि युक्रेन अझै पनि आफूहरुकै नियन्त्रणमा रहेको बताए ।
डक्टरर्स वीदआउट बोडर्सका अनुसार मारिओपोलको अवस्था निराशजनक छ । त्यहाँ पानी र तापको अभाव छ भने खाद्य आपूर्ति घटिरहेको छ । ‘लाखौं मानिसहरु..सबै उदेश्य र अभिप्रायका लागि घेरिएका छन्,’ मेडिकल च्यारिटीको युक्रेन सञ्चालनको नेतृत्व गर्नेहरूमध्ये स्टेफेन कोरनिस भन्छन् ।
२४फेब्रुवरीदेखि युक्रेनमा गरेको रुसी हमला र १२ दिने नाकाबन्दीका कारण मारिओपोलमा कम्तीमा १५८२ सर्बसाधारण मारिएका त्यहाँको सिटी काउन्सिलले जनाएको छ ।
पुटिनलाई ब्रेन डिसअर्डर
यता रुसी राष्ट्रपति भ्लादिमिर पुटिन डिमेन्सिया, पार्किन्सन्स र क्यान्सरको स्टेरोइड उपचारका कारण हुने ‘रोइड रेज’ बाट हुने ब्रेन डिसअर्डरबाट पीडित भएको खुफिया स्रोतले दाबी गरेको छ ।
क्रेमलिननजिकका स्रोतहरू उद्धृत गर्दै फाइभ आइज खुफिया गठबन्धनका वरिष्ठ अधिकारीहरुले यस्तो दाबी गरेका हुन् । खुफिया गठबन्धनमा अस्ट्रेलिया, क्यानडा, न्युजिल्यान्ड, बेलायत, अमेरिकाका गुप्तचर अधिकारी छन् ।
युक्रेनमा हमला गर्ने पुटिनको निर्णयपछाडि मनोवैज्ञानिक व्याख्या रहेको बताइएको छ । खुफिया समूहले ६९ वर्षीय पुटिनको ‘बढ्दो अनियमित व्यवहार’ बारे रिपोर्टहरू सेयर गरिरहेको छ । ‘यी केवल मानव स्रोतहरू हुन, जसले तपाईंलाई पुटिनको मानसिकताकोे समृद्ध चित्र प्रदान गर्न सक्छ’, सुरक्षा स्रोतलाई उदृत गर्दै बेलायती समाचार संस्था डेलीमेलले लेखेको छ, ‘विगत पाँच वर्षमा उनको निर्णय शक्तिमा निश्चित परिवर्तन आएको छ ।’
किभनजिकै रुसी फौज
रूसी फौज युक्रेनको राजधानी किभनजिकै पुगेको छ । उत्तर, पश्चिम र उत्तरपूर्वबाट घेरा हाल्दै रुसी फौज किभनजिकै पुगेको हो । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अाफ्ना सेनासँग दशकौंपछि ठूलो क्षति सामना गरेपछि रुसले नयाँ फौजहरु युक्रेन परिचालन गरेकाे बताइरहेका बेला रुसी सेना किभनजिकै पुगेको हो ।
रुसी फौजले किभनजिकको गाउँ छाडेर सुरक्षित क्षेत्रतर्फ बढिरहेका महिला र बालबालिकाको समूहमा गोली चलाएको युक्रेनले जनाएको छ । शनिबार युक्रेनका विभिन्न शहरहरुबाट करिव १३ हजार सर्बसाधारणलाई सुरक्षित क्षेत्रतर्फ पठाइएको युक्रेनका उपप्रधानमन्त्रीले जानाकारी दिएका छन् । यो संख्या शुक्रबारको तुलनामा दोब्बर भएको बताइएको छ ।
सर्बसाधरणलाई सुरक्षित स्थानमा लैजाने क्षेत्रमा रुसी सेनाले निरन्तर हमला गरिरहेको किभ र दोनेत्सेकका गर्भनरहरुले बताएका छन् ।
१३ सय युक्रेनी सेना मारिएः जेलेन्स्की
जेलेन्स्कीले रुस र युक्रेनबीचको लडाइँमा १३ सय युक्रेनी सेना मारिएको बताएका छन् । २४ फेब्रुबरीदेखि भएको रुसी हमलामा आफ्ना १३ सय युक्रेनी सेना मारिएको उनले बताएका हुन् । त्यस्तै, करिव ५०० देखि ६०० रुसी फौजले युक्रेनी सेनासमक्ष आत्मसमर्पण गरेको दाबी गरेको बीबीसीले जनाएको छ ।
यसैबीच, युक्रेनको राजधानी किभबाट दक्षिणमा रहेको एउटा सैन्य आधारमा रुसी सेनाले मिसाइल प्रहार गरेको विवरण सार्वजनिक भएको छ । रुसी सेनाले किभ बाहिरको क्षेत्रलाई घेरा हालेर आक्रमण तीव पारिरहेको बेला उसले २५ किलोमिटर दूरीबाट राजधानीका सैन्य अखडालाई निशाना बनाएको छ ।
फ्रान्सेली राष्ट्रपति इम्यानुअल म्याँक्रो र जर्मन चान्सलर ओलाफ सोल्जले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युद्धबिराम गर्न आग्रह गरेका छन् ।
यसैबीच, राष्ट्रपति जेलेन्स्कीले देशका नागरिकहरूलाई दिइने सर्वोच्च सम्मान ’युक्रेनको नायक’ उपाधि प्रदान गर्ने आदेशमा हस्ताक्षर गरेका छन् ।
0 प्रतिकृया