Follow us:


Follow us

११ असोज २०८३, आइतवार
११ असोज २०८३, आइतवार


इकुबहालमा केएमसीको निःशुल्क स्वास्थ्य शिविरबाट १११३ जना लाभान्वित

एक्सन खबर
फागुन, २८, २०७८


इकुबहालमा केएमसीको निःशुल्क स्वास्थ्य शिविरबाट १११३ जना लाभान्वित

काठमाडौं । काठमाडौं महानगरपालिका–२१ इकुबहालमा शुक्रबार निःशुल्क स्वास्थ्य सञ्चालन गरिएको छ । मेधा नेपालसँग सहकार्य गरेर काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले एक दिने शिविर सञ्चालन गरेको हो ।

काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको शिविरमा १११३ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । शिविरमा १६८ जनाको रक्त परीक्षण, ११८ जनाको भिडियो एक्सरे र ८८ जनाको ईसीजी गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । त्यस्तै दाँतको समस्या भएका ३९ जनाको दाँत खोलिएको छ ।  शिविरमा उपचार सम्भव नभएका ३१ जनालाई शल्यक्रियाका लागि अस्पताल रेफर गरिएको आयोजकले जनाएको छ ।

केएमसीले बिहीवार काठमाडौंको काँडाघारीमा स्वास्थ्य शिविर सञ्चालन गरेर ९६५ जना बिरामीको निःशुल्क उपचार गरेको थियो । डा.सुनिल शर्माको प्रवेशसँगै निःशुल्क स्वास्थ्य शिविर सञ्चालनलाई तीव्रता दिएको केएमसीले बिभिन्न जिल्लामा पुगेर स्वास्थ्य शिविर सञ्चालन गरी बिरामीहरुको निःशुल्क उपचार गर्दै आएको छ ।
















0 प्रतिकृया