Follow us:


Follow us

२२ जेठ २०८३, शुक्रवार
२२ जेठ २०८३, शुक्रवार


युराेपा लिगमा गालातासारेसँग रोकियो बार्सिलोना

एक्सन खबर
फागुन, २७, २०७८


युराेपा लिगमा गालातासारेसँग रोकियो बार्सिलोना

काठमाडौं । युइएफए युरोपा लिगको अन्तिम आठको खेलमा बार्सिलोना गालातासारेसँग गोलरहीत बराबरीमा रोकिएको छ । बिहिवार राति क्याम्प नोउमा भएकाे खेलमा दुबै टिम गाेलरहीत बराबरी रहे ।

स्पेनिस क्लब बार्सिलोनाले टर्की क्लबविरुद्ध बल पकडमा सफल भए पनि फिनिसिङमा चुकेको हो । पहिलो लेग बराबरीमा समाप्तिपछि अब दोस्रो लेग  गालातासारेको घरेलु मैदानमा २२ मार्चमा हुनेछ । राति नै भएको खेलमा स्पोर्टिङ ब्रागाले मोनाकोलाई २-० अन्तरले पराजित गरेकाे छ ।

यो बराबरीसँगै बार्सिलोना पछिल्लो ९ खेलसम्म अपराजित रहन सफल भयो । बार्सिलोनाले कोपा डेल रेमा एथलेटिको बिल्वाओसँग ३–२ ले पराजित भएयता अपराजित रहेको छ । जसमा ६ जित र ३ बराबरीको नतिजा रहेको छ ।













0 प्रतिकृया