Follow us:


Follow us

२३ जेठ २०८३, शनिवार
२३ जेठ २०८३, शनिवार


काठमाडौंको काँडाघारीमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

एक्सन खबर
फागुन, २६, २०७८


काठमाडौंको काँडाघारीमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहर नगरपालिका–९ स्थित काँडाघारीमा बिहीवार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । कायरा पोलिक्लिनिकसँग सहकार्य गरेर काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले एक दिने शिविर सञ्चालन गरेको हो ।

काँडाघारीस्थित इभानी कम्प्लेक्समा सञ्चालित शिविरमा ९६५ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । शिविरमा १५३ जनाको भिडियो एक्सरे, १२१ जनाको रक्त परीक्षण र ७५ जनाको ईसीजी गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । त्यस्तै २२ जनाको दाँत खोलिएको छ । शिविरमा उपचार सम्भव नभएका ३३ जनालाई शल्यक्रियाका लागि अस्पताल रेफर गरिएको आयोजकले जनाएको छ ।

शिविरमा औषधि पनि निःशुल्क वितरण गरिएको छ । केएमसीले बुधबार काठमाडौंको आरुबारीमा स्वास्थ्य शिविर सञ्चालन गरेर ९६३ जना बिरामीको निःशुल्क उपचार गरेको थियो ।















0 प्रतिकृया