Follow us:


Follow us

११ असोज २०८३, आइतवार
११ असोज २०८३, आइतवार


श्रीमानजीले संविधान हेर्न छोड्नुभयो : केपी ओली

एक्सन खबर
फागुन, २४, २०७८


श्रीमानजीले संविधान हेर्न छोड्नुभयो : केपी ओली

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले न्यायाधीशहरूले संविधान हेर्न छोडेको आरोप लगाएका छन् । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा मंगलबार बसन्तपुरमा एमालेनिकट भ्रातृ संगठनले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू नेतृत्वको सरकार परिवर्तन गर्नेगरी परमादेश दिएकोप्रति आक्रोशित हुँदै न्यायाधीशहरूले संविधान हेर्न छोडेको आरोप लगाएका हुन् ।

न्यायाधीशहरु न्याय दिनभन्दा व्यक्तिको उद्देश्य पूरा गर्न र विकासको विरोधीको रुपमा देखिएको ओलीको आरोप छ । ‘हाम्राविरुद्धका परमादेशहरु जनादेशबाटै सच्याउन सकिन्छ । श्रीमानजीले संविधान हेर्न छोड्नुभयो । श्रीमानले कानुन हेर्न छोड्नुभयो । श्रीमानले के हेर्या होे ?,’ ओलीले भने, ‘उहाँहरु त मान्छेको उद्देश्य हेर्न थाल्नुभयो । यो समृद्ध नेपाल, सुखी नेपाली भनेर भन्न पाइन्छ भन्ने उहाँहरुलाई चिन्ता छ ।’
 
ओलीले आगामी निर्वाचनका लागि मतदाता पत्रकाे रङ हरियो राख्न थालिएको भन्दै आपत्ति पनि जनाए । उनले मतदाता पत्र हरियो राख्न नहुने भन्दै यसलाई सच्याउनुपर्ने बताए ।

‘मैले सुनेको छु, चुनाव चिह्न राख्ने रे । सञ्चार माध्यममा देखेँ । तर, व्यस्त रहेकाले मैले आयोगलाई सोध्न भ्याएको छैन’, उनले भने, ‘किन हरियो राख्ने ? रुखैरुख देखियोस् भनेर ? तर, यो आयोगले निर्णय गरेको भए सच्याउनुपर्छ ।’ एमालेविरुद्ध राज्यका सबै अंग प्रयोग गरिएको भन्दै उनले एमालेविरुद्ध गरिएका कार्य सच्याउन अध्यादेशबाट पनि सकिने बताए ।













0 प्रतिकृया