Follow us:


Follow us

५ वैशाख २०८३, शनिवार
५ वैशाख २०८३, शनिवार


एलओडीमा नारी दिवसमा महिला बक्सिङ (फोटो फिचर)

एक्सन खबर
फागुन, २४, २०७८


एलओडीमा नारी दिवसमा महिला बक्सिङ (फोटो फिचर)

काठमाडौं । अन्तर्राष्‍ट्रिय ‘११२ औँ नारी दिवस’ को अवसरमा ठमेलस्थित एलओडी क्लबमा ‘महिला बक्सिङ’ आयोजना  भएको छ । एलओडी क्लब, बक्समान्डु जीम र कान्तिपुर टेलिभिजनको संयुक्त आयोजनामा  मंगलबार एलओडीमा बक्सिङ खेल भएको हो ।

४९ केजी देखि ६० केजी समूहका महिला खेलाडीहरू सहभागी भएका छन् । प्रतिष्‍ठा अर्याल, माया गुरुङ, सुस्मा तामाङ, माला राई, अस्मिता दुवा, ललिता महर्जन, मिनु गुरुङ, निशा तामाङ, हेमा राई, सुस्मिता राई, डेचेन पाङकर्मा शेर्पा, नरीका राई, संगीता सुनुवार र पुनम रावल बक्सिङमा सहभागी छन् ।




नारी सशक्तिकरणका लागि महिलाहरू पनि सक्षम रहेको सन्देश दिन बक्सिङ आयोजना गरिएको एलओडीका निर्देशक भुपेन शमशेर कुँवरले बताए । महिलाले सामाजिक वा कानूनी रुपबाट भोग्नु परेको भेदभाव हटाउन यस्ता कार्यक्रमले थप बल पुग्ने उनले विश्वास व्यक्त गरे ।













0 प्रतिकृया