इल्चेमाथि पुनरागमन जित निकाल्दै बार्सिलाेना शीर्ष तीनमा
एक्सन खबर
काठमाडाैं । स्पेनिस ला लिगामा बार्सिलोनाले पुनरागमन जित हात पारेको छ ।आइतबार राति भएको खेलमा बार्सिलोनाले पुनरागमन गर्दै इल्चेलाई २-१ गोल अन्तरले हराएको हो ।
खेलको ४४ औं मिनेटमा फिडेल चाभेसले गोल गर्दै इल्चेलाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको ६० औं मिनेटमा फेरान टोरेसले गोल गर्दै बार्सिलोनालाई १-१ गोलको बराबरीमा ल्याए ।
त्यसपछि खेलको ८४ औं मिनेटमा मेम्फिस डीपेले गोल गर्दै बार्सिलोनालाई २-१ को जित दिलाए । खेलको ८८ औं मिनेटमा जाभियरले रातो कार्ड पाएपछि इल्चे १० खेलाडीमा समेटिएको थियो ।
जितसँगै बार्सिलोनाले २६ खेलमा ४५ अंक जोडेको छ । बार्सिलोना तेश्राे स्थानमा उक्लिएको छ । समान अंक भएपनि गाेल अन्तरमा एथ्लेटिकाे मड्रिड चाैथाे स्थानमा रह्याे । बार्सिलाेनासँग पराजित इल्चे ३२ अंक जोडेर १३ औं स्थानमा रहेको छ । लिगकाे शिर्ष स्थानमा ६३ अंक सहित रियल मड्रिड छ ।
0 प्रतिकृया