Follow us:


Follow us

२२ जेठ २०८३, शुक्रवार
२२ जेठ २०८३, शुक्रवार


१० औं धरान रनमा दुर्गाबहादुर र पुष्पा प्रथम

एक्सन खबर
फागुन, २१, २०७८


१० औं धरान रनमा दुर्गाबहादुर र पुष्पा प्रथम

सुनसरी । धरानमा आज भएकाे १० औं धरान रन नेवा च्यारिटी १० किमीमा खुल्ला पुरुषतर्फ दुर्गाबहादुर बुढा प्रथम भएका छन् । महिला खुल्ला तर्फ पुष्पा भण्डारी प्रथम भएकी छन् ।

करिब ४ हजार सहभागी दौड प्रतियोगितामा जुम्लाको कर्णाली स्पोर्टस् क्लबबाट सहभागी पुरुषतर्फ भारतीय सेनामा कार्यरत दुर्गाबहादुरले ३१ मिनेट ३ सेकेण्डमा दौड पुरा गर्दै विजेता बनेका हुन् । भारतीय सेनामै कार्यरत बाग्लुङका अनिश थापाले ३१ मिने ४ सेकेण्डमा दौड पुरा गर्दै दोस्रो भए । भने, काठमाडौंका मुकेश पलले ३१ मिनेट २० सेकेण्डमा दौड पुरा गर्दै तेस्रो भए ।

यता, महिलातर्फ प्रथम भएकी पुष्पा एपीएफकी खेलाडी हुन् । उनले ३५ मिनेट २६ सेकेण्डमा दुरी पार गरिन् । एपिएफकै फुलमति रानाले ३८ मिनेट ४० सेकेण्डमा दुरी पार गर्दै दाेश्राे भइन् । तेस्रो स्थानमा रहेकी हनाह करासले ४१ मिनेट १४ सेकेण्डमा दौड पुरा गरिन् । महिला र पुरुष दुवैका प्रथम, दोस्रो र तेस्रो विजेताहरुले क्रमशः नगद ६० हजार, ५० हजार र ३० हजार नगदसँगै मेडल, ट्रफी र प्रमाणपत्र हात पारेका छन् ।

अण्डर १६ उमेर समुहमा पुरुषतर्फ प्रशान्त तामाङ प्रथम, रोधन राई दोस्रो र सरोज सिंह तेस्रो हुँदा महिलातर्फ पेमा तामाङ प्रथम, कुशुम राई दोस्रो र जस्मिता राई तेस्रो भइन् ।

अण्डर १२ उमेर समुहमा पुरुषतर्फ सविन चेम्जोङ प्रथम, ज्वाला राई दोस्रो र तयाहाङ राई तेस्रो भए । महिलातर्फ इशिका थापा मगर प्रथम, युमिना राई दोस्रो र अञ्जली राई तेस्रो भइन् । यता, सुपर भेट्रानतर्फ धरानका इन्द्रबहादुर लिम्बु प्रथम र दार्जिलिङका पवनदास प्रधान दोस्रो भए । अण्डर १६, अण्डर १२, भेट्रानलगायत स्पर्धामा प्रथम, दोस्रो र तेस्रो विजेताहरुलाई नगदसहित मेडल, प्रमाणपत्र प्रदान गरिएको थियो ।













0 प्रतिकृया