एनएसएल अक्सन : कुन टोलीमा कुन खेलाडी ?
एक्सन खबर
काठमाडौं । नेपालकै पहिलो फ्रेञ्चाइज फुटबल प्रतियोगिता दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) को लागि खेलाडीको किनबेच सकिएको छ ।आयोजक नेपाल स्पोर्टस् एण्ड इभेन्ट म्यानेजमेन्टले आयोजना गरेको अक्सनमा २ सय ४२ खेलाडी सहभागी भएका थिए ।
सुमन लामा, नवयुग श्रेष्ठ, सुनिल बल, दिनेश राजवंशी, गौतम श्रेष्ठ लगायत सोल्ड हुँदा फरवार्ड भरत खवासदेखि मिडफिल्डर विक्रम लामासम्मका चर्चित खेलाडी 'अनसोल्ड' भएका छन् ।
एनएसएलको दोस्रो संस्करण चैत २६ देखि जेठ ७ गतेसम्म आयोजना हुनेछ ।
प्रतियोगिताको नियम अनुसार सहभागी १० टोलीले ए, बि र श्रेणीका १५-१५ खेलाडी टोलीमा अनुबन्धन गरेका छन् । पोखरा थन्डर्सले कागजमा अन्य टोलीभन्दा बलियो देखिएको छ । अक्सनको १५ खेलाडी, ५ विदेशी खेलाडी, २ ट्यालेन्ट हन्ट र एक मार्कीसहित यसपटक २३ खेलाडीसहितको टोलीले एनएसएलमा प्रतिस्पर्धा गर्नेछन् ।
एनएसएलले खेलाडीलाई ३ श्रेणीमा वर्गीकरण गरेको थियो । ए श्रेणीका खेलाडीको सुरुवाती मूल्य १ लाख ५० हजार तथा अधिकतम ३ लाख ५० हजार रुपैयाँ थियो । यसपटक ए श्रेणीको खेलाडीका लागि गोल्डेन बजर थिच्न प्रावधान पनि ल्याइएको थियो ।
हरेक टोलीले अक्सनका दौरान एक खेलाडीका लागि यो प्रयोग गर्न पाएका थिए । खेलाडीको नाम आउने बितिकै जुन टोलीले पहिला गोल्डेन बजार थिच्छ, त्यसै टोलीले अधिकतम मूल्य तिरेर खेलाडी अनुबन्ध गर्ने थियो ।
त्यस्तै बी श्रेणीका खेलाडीको सुरुवाती मुल्य १ लाख र अधिकतम मूल्य १ लाख ५० हजार तथा सी श्रेणीका खेलाडीले ५० हजार देखि १ लाखसम्म पाए । यसपटक ट्यालेन्ट हन्टबाट २ खेलाडी अनुबन्ध गर्न पाउने प्रावधान छ । अक्सनपछि अनुबन्ध गर्न पाइने यस श्रेणीमा टोलीले आफ्नै क्षेत्रको मात्र खेलाडी अनुबन्ध गर्न पाउने बताइएको छ ।
NSL-Players-Auction-Value.pdf.pdf
0 प्रतिकृया