Follow us:


Follow us

१० असोज २०८३, शनिवार
१० असोज २०८३, शनिवार


माओवादीमा पहिले एमसीसीमा बहस गर्नुपर्ने नारायणकाजी पक्षको माग

एक्सन खबर
फागुन, २०, २०७८


माओवादीमा पहिले एमसीसीमा बहस गर्नुपर्ने नारायणकाजी पक्षको माग

काठमाडौं । अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारे अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाधिवेसनको निर्णय उल्टाएकाले नारायणकाजी श्रेष्ठ पक्षले सोही विषयलाई सुरुमा नै छलफलको विषय बनाउनुपर्ने माग राखेको छ ।

गत पुस १३–१९ मा सम्पन्न महाधिवेशनले ‘संशोधन र परिमार्जन बिना’ एमसीसी अनुमोदन गराउने निर्णय गरेको तर अचानक अध्यक्ष प्रचण्डले ‘व्याख्यात्मक घोषणा’को भरमा अनुमोदन गराउन निर्देशन दिएपछि श्रेष्ठ पक्षले सोही विषयलाई छलफलको प्राथमिकतामा राख्नुपर्ने माग राखेको हो ।

‘महाधिवेशनपछि सांगठनिक जिम्मेवारी बाँडफाँटका लागि केन्द्रीय कमिटी बस्ने भनिएको थियो तर अध्यक्षले महाधिवेशनको निर्णयविपरीत एमसीसी अनुमोदन गराउने निर्णयमा पुग्नुभयो’ श्रेष्ठ निकट केन्द्रीय सदस्य प्रकाश पोखरेलले भने, ‘सांगठनिक जिम्मेवारी बाँडफाँटको विषयमा कुनै पनि गृहकार्य नभएको र जल्दोबल्दो रुपमा एमसीसी आएकाले पहिला यसै विषयमा छलफल हुनुपर्ने हाम्रो माग छ ।’ उनका अनुसार एमसीसीका बारेमा छलफल भएपछि मात्रै अन्य विषयमा प्रवेश गर्नुपर्ने सो पक्षको निष्कर्ष रहेको छ ।

‘अध्यक्षले महाधिवेशनको निर्णयविपरीत एमसीसीको पक्षमा किन उभिनु भएको हो ? त्यसका बारेमा चित्त बुझ्दो प्रस्टीकरण दिनुपर्छ, नभए नारायणकाजी श्रेष्ठले आफ्नो लिखित राय बैठकमा राख्नु हुनेछ,’ पोखरेलले भने ।  बैठक आजै राष्ट्रियसभा गृहमा बस्दैछ ।













0 प्रतिकृया