Follow us:


Follow us

२३ जेठ २०८३, शनिवार
२३ जेठ २०८३, शनिवार


नुवाकोटमा काठमाडौं मेडिकल कलेजले गर्यो निःशुल्क स्वास्थ्य शिविर

एक्सन खबर
फागुन, १३, २०७८


नुवाकोटमा काठमाडौं मेडिकल कलेजले गर्यो निःशुल्क स्वास्थ्य शिविर

नुवाकोट। नुवाकोटमा बुधबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज र हाम्रो मदानपुर युवा क्लव बेलकोटगढी नगरपालिका–१२ को सहकार्यमा एक दिने निःशुल्क शिविर सञ्चालन गरिएको हो ।

भृकुटी माध्यमिक विद्यालय बेलकोटगढीमा भएको शिविरमा ११०३ जना बिरामीको निःशुल्क उपचार गरिएको छ । शिविरमा २२१ जनाको रक्त परीक्षण, १९८ जनाको भिडियो एक्सरे, १७७ जनाको ईसीजी गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए ।

त्यस्तै ३१ जनाको दाँत उखेलिएको छ भने शिविरमा उपचार सम्भव नभएका ४२ जना बिरामीलाई शल्यक्रियाका लागि अस्पताल रेफर गरिएको छ ।केएमसीले सोमबार रसुवामा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेर ९६३ जना बिरामीको उपचार गरेको थियो ।














0 प्रतिकृया