राप्ती स्वास्थ्य प्रतिष्ठानको उपकुलपतिमा दाङका लामिछाने नियुक्त
एक्सन खबर
काठमाडौं । दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. विकास लामिछाने नियुक्त भएका छन् । प्रतिष्ठानका कुलपति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले डा. लामिछानेलाई उपकुलपतिमा नियुक्त गरेका हुन् ।
उनले प्रधानमन्त्रीसमेत रहेका कुलपति देउवाबाट उपकुलपतिमा नियुक्त भएको पत्र मंगलबार बुझेका छन् । उनले बुधबारदेखि जिम्मेवारी सम्हाल्ने बताएका छन् । डा. लामिछाने दाङकै हुन् ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री एवं राप्ती प्रतिष्ठानका सहकुलपति विरोध खतिवडा नेतृत्वको सिफारिस समितिले उपकुलपति नियुक्तिका लागि तीनजनाको सिफारिस गरेको थियो । नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइराला र स्वास्थ्य सचिव डा. रोशन पोखरेल सदस्य रहेको सिफारिस समितिले ऋषिकेश नारायण श्रेष्ठ, विकास लामिछाने र नारायणविक्रम थापाको नाम सिफारिस गरेको थियो ।
मन्त्रालयले कार्यविधि बनाएर प्रतिष्ठानकाे उपकुलपति नियुक्ति गरेकाे हाे । प्रतिष्ठानकाे उपकुलपति हुन डा. लामिछानेसँगै डा. रामेश काेइराला, डा. संगीता भण्डारी, डा. राजेन्द्रराज वाग्ले लगायत १६ जनाले आवेदन दिएका थिए ।
0 प्रतिकृया