Follow us:


Follow us

११ असोज २०८३, आइतवार
११ असोज २०८३, आइतवार


रसुवामा केएमसीको निःशुल्क स्वास्थ्य शिविरमा पहिलो दिन नौं सय बिरामीको उपचार

एक्सन खबर
१० फागुन २०७८


रसुवामा केएमसीको निःशुल्क स्वास्थ्य शिविरमा पहिलो दिन नौं सय बिरामीको उपचार

रसुवा । रसुवामा सोमबारबाट निःशुल्क स्वास्थ्य शिविर सुरु भएको छ । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज र उत्तरगया गाउँपालिका खाल्टेको सहकार्यमा भुमेदेवी माध्यमिक विद्यालय–३ ठूलो गाउँमा दुई दिने शिविर आयोजना गरिएको हो ।

शिविरको पहिलो दिन ९६३ जना बिरामीको निःशुल्क उपचार गरिएको छ । शिविरमा २११ जनाको रक्त परीक्षण, १८९ जनाको भिडियो एक्सरे र १५४ जनाको इसीजी गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए ।



दाँतमा समस्या भएर शिविरमा आएका २४ जनाको दाँत उखेलिएको छ भने शिविरमा उपचार सम्भव नभएका ३२ बिरामीलाई शल्यक्रियाका लागि अस्पताल रेफर गरिएको छ । त्यस्तै पाँच जना बिरामीको सामान्य शल्यक्रियासमेत गरिएको छ ।

केएमसीले बिभिन्न जिल्लामा पुगेर निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । डा.सुनिल शर्माले केएमसी अध्यक्षको जिम्मेवारी सम्हालेपछि गत बर्षदेखि निःशुल्क स्वास्थ्य शिविर सञ्चालनलाई तीव्रता दिएको केएमसीले यसबीचमा लाखौं बिरामीको निःशुल्क उपचार गरिसकेको छ ।













0 प्रतिकृया