Follow us:


Follow us

२२ जेठ २०८३, शुक्रवार
२२ जेठ २०८३, शुक्रवार


ला लिगामा बार्सिलोनाको सहज जित

एक्सन खबर
९ फागुन २०७८


ला लिगामा बार्सिलोनाको सहज जित

काठमाडौं । पिएरे एमरिक अबमेयाङको ह्याट्रिक प्रेरित बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा आइतबार राति भ्यालेन्सियामाथि ४-१ को सहज जित निकालेको छ । भ्रमणकारी क्याटलान क्लब बार्सिलोनाको जितमा अबमेयाङले दुई गोल गर्दा फ्राङ्क्लिन डि जोङ र पेड्रीले एक गोल गरे ।

इंग्लिस क्लब आर्सनलबाट फ्री मा सरुवा भएयता उनले बार्सिलोनाका लागि पहिलो गोल गरेका हुन् । अबमेयाङले खेलको २३ र ३८  मिनेटमा  गोल गरे । डि जोङले ३२ मिनेटमा गोल गरे । यस अघि पेड्रीले ६३ मिनेटमा गरेको गोल अबमेयाङलाई "टच" हुँदा रेफ्रीले ह्याट्रिक गोल दिएका छन् ।

५२ औं मिनेटमा कार्लोस सोलेरले भ्यालेन्सियाको लागि सान्त्वना गोल गरे । जितसँगै बार्सिलोनाले २४ खेलमा ४२ अंक जोडेर चौंथो स्थानमा  छ । भ्यालेन्सिया ३० अंक जोडेर १२ औं स्थानमा  छ ।













0 प्रतिकृया