Follow us:


Follow us

२२ जेठ २०८३, शुक्रवार
२२ जेठ २०८३, शुक्रवार


स्पान्योलसँग रोकियो बार्सिलोना

एक्सन खबर
२ फागुन २०७८


स्पान्योलसँग रोकियो बार्सिलोना

काठमाडौं । इन्जुरी समयमा लुक डि जङको गोलसँगै आइतबार राति भएको स्पेनिस ला लिगाको खेलमा बार्सिलोनाले हार टारेको छ । अन्तिम समयमा लुकको गोलसँगै बार्सिलोनाले स्पान्योलसँगै २-२ गोलको बराबरी खेल्दै अंक बाढेको हो ।

खेलमा दुबै टोली १० खेलाडीमा सिमित भएका थिए । खेल सुरु हुनु अघिनै स्पान्योलमा म्यानुएलले रातो कार्ड सामना गरे भने इन्जुरी समयमा निकोलासले अर्को रातो कार्ड भेटे । बार्सिलोनाका जेरार्ड पिकेले रातो कार्डको सामना गरे  ।

खेलमा भ्रमणकारी टोली बार्सिलोनाले सुरुवाती अग्रता बनायो । दोस्रो मिनेटमै पेड्रीले जोर्ड अल्बाको पासमा गोल गरे । सर्जि डारडरले ४०औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए । राहुल थोमसले ६४औं मिनेटमा गोल गर्दा घरेलु टोली २-१ ले अगाडि बढ्यो ।

तर लुकले इन्जुरी समयको छैटौं मिनेटमा गोल गर्दै खेल बराबरी ल्याए । बराबरी रोकिएसँगै २३ खेलबाट ३९ अंक सहित चौथो स्थानमा छ । २४ खेलबाट २८ अंक सहित स्पान्योल १३औं स्थानमा छ । जारी ला लिगामा ५४ अंक सहित रियल मड्रिड शीर्ष स्थानमा छ ।













0 प्रतिकृया