Follow us:


Follow us

१० असोज २०८३, शनिवार
१० असोज २०८३, शनिवार


कांग्रेसले १६ जिल्ला कार्यसमितिको निर्वाचन फागुन १३ गते गर्ने

एक्सन खबर
२८ माघ २०७८


कांग्रेसले १६ जिल्ला कार्यसमितिको निर्वाचन फागुन १३ गते गर्ने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जिल्ला कार्यसमितिको निर्वाचन हुन बाँकी रहेका १६ जिल्लाको निर्वाचन फागुन १३ गते गर्ने निर्णय गरेको छ । समितिको आज बसेको बैठकले उक्त निर्णय गरेको हो ।

सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, नवलपुर, बाँके, कैलाली र अछाम जिल्लामा कार्यसमितिको निर्वाचन गरिने जनाइएको छ ।

यसअघि ती जिल्लामा माघ १५ गते निर्वाचन मिति तोकिएको थियो । कोरोना संक्रमण बढेपछि समितिले उक्त निर्वाचन स्थगित गरेको थियो । पछिल्ला दिनमा कोरोना संक्रमण न्यून हुँदै गएपछि फागुन १३ गते निर्वाचन गर्ने मिति घोषणा गरिएको हो ।

निर्वाचन हुने १६ जिल्लामा प्रतिनिधि तथा क्षेत्रीय अधिवेशनबाट निर्वाचित हुने महासमिति सदस्यको निर्वाचन हुन बाँकी भएमा सोही दिन सम्बन्धित क्षेत्रको महाधिवेशन प्रतिनिधिमध्येबाट महासमिति सदस्यको समेत निर्वाचन सम्पन्न गरिने समितिद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।













0 प्रतिकृया