Follow us:


Follow us

१० असोज २०८३, शनिवार
१० असोज २०८३, शनिवार


अमेरिकी मन्त्रीको धम्कीले एमसीसी नेपालको हितविरुद्ध भएको थप पुष्टि : भीम रावल

एक्सन खबर
२७ माघ २०७८


अमेरिकी मन्त्रीको धम्कीले एमसीसी नेपालको हितविरुद्ध भएको थप पुष्टि : भीम रावल

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले प्रमुख पार्टीका शीर्ष नेताहरुलाई अमेरिकी मन्त्रीले एमसीसी पास गर्न धम्की र चेतावनी दिएको भन्दै त्यसबारे जानकारी माग गरेका छन् ।

एमसीसीले दिएको डेडलाइन नजिक आउँदा पनि दलहरु निर्णयमा पुग्न नसकिरहेको बेला बिहीबार अमेरिकाका सहायक विदेशमन्त्री डोनाल्ड लूले शीर्ष नेताहरुलाई फोन गरि पास गर्न दबाब दिएको समाचार अनलाइनखबर डटकममा प्रकाशन भएपछि नेता रावलले शीर्ष नेताहरूलाई अमेरिकी मन्त्रीले चेतावनी र धम्की दिएको भन्ने समाचारहरु आएकाले यसबारे यथार्थ जानकारी दिन माग गरेका छन् ।  

यदि यसरी धम्की दिइएको भए एमसीसीसँगको सम्झौता नेपालको स्वाधीनता, हित र स्वाभिमानकाविरूद्ध भएको थप पुष्टि हुने उनको भनाइ छ । उनले सामाजिक सञ्जालमा लेखेका छन् 'अनुदान' मा धम्की ?!'
 















0 प्रतिकृया