Follow us:


Follow us

१० असोज २०८३, शनिवार
१० असोज २०८३, शनिवार


जब वन्यजन्तु मार्न राखिएको विस्फाेटक पदार्थ भैँसीले खायाे

एक्सन खबर
२० माघ २०७८


जब वन्यजन्तु मार्न राखिएको विस्फाेटक पदार्थ भैँसीले खायाे

कपिलवस्तु । वन्यजन्तु मार्न राखिएको विस्फोटक पदार्थ सेवन गर्दा कपिलवस्तुमा एक भैँसी घाइते भएको छ । बुधवार शिवराज नगरपालिका-३ मा विस्फोटक पदार्थ चपाउँदा भैँसी घाइते भएको प्रहरीले जनाएको छ । भैँसीको मुख भित्रै विस्फोटक पदार्थ पड्किएको स्थानीयहरूको बुझाइ छ । भैँसी चराउन गएका बालक विस्फोट हुँदा भागेर जोगिएका छन् ।  

जङ्गली जनावर मार्नका लागि यस्ता विस्फोटक पदार्थ राखिएको हुन सक्ने वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ । प्राय:जसो बँदेल मार्नको लागि वन्य जन्तुको आहारामा विस्फोटक पदार्थ मिसाएर बम बनाएर राख्ने गरेका छन् ।

चोरी सिकारीका लागि राखिने यस्ता विस्फोटक पदार्थले मानवीय क्षति पनि हुन सक्ने भएकाले वन कार्यालय र प्रहरी प्रशासनले निगरानी बढाउन पर्ने स्थानीय समाजसेवी कृष्ण कार्कीले बताए । वन क्षेत्रमा हुने अपराध नियन्त्रणका लागि सशस्त्र वन रक्षक टोली परिचालन भए पनि चोरी सिकारीका घटना बढ्दै गएको छ ।













0 प्रतिकृया