पुरानो मोटरसाइकललाई मुल्यांकन भन्दा २० हजार बढी
एक्सन खबर
काठमाडौं । मोटरहेड ब्राण्ड नेपालका लागी आधिकारीक वितरक एस.एल.आर टेक्नो एण्ड ट्रेडले यही माघ १९ गतेदेखि लागू हुने गरी ५ दिने एक्सचेञ्ज सञ्चालन गर्ने भएको छ ।
पछिल्लो समय मोटरसाइकल पारखीहरुको रोजाईमा पर्दै गएको मोटरहेडले उपत्यका भित्रका सबै शोरुमहरुमा लागू हुने गरी सञ्चालन गर्ने एक्सचेञ्ज कार्यक्रममा कम्पनीले यस पटक पुरानो वाइकको बजार मूल्यांकनमा थप रु २० हजार दिने भएको छ ।
कम्पनीका जनरल मेनेजर उज्ववल जोशीका अनुसार यस अघि कम्पनीले थप मुल्यांकनमा रु.१५ हजार दिने गरेको थियो । यसका साथै, उक्त पाँच दिने एक्सचेञ्ज अफरमा नगदमै मोटरहेडका वाइक खरीद गर्दा नगद रु. १० हजार छुट र फाइनान्स खरीदमा रु ८ हजार छुटको व्यवस्था गरिएको छ ।
मोटरहेडको उपत्यका भित्र धोविघाट, सल्लाघारी, टेकु, चावहिल र बालाजुमा शोरुम रहेका छन् । उल्लेखित शोरुमहरुबाट आफूले पाइक पर्ने गरी अफरको फाइदा लिन सकिने कम्पनीले जनाएको छ ।
मोटहेडका हालसम्म ७ वटा मोडल रहेका छन्, जसमा अफ रोड राइडका लागी Sports-250, X-Torque 250, MH-200X र रोड/अफरोड दुवैलाई हुने गरी Tekken 250, Tekken 250 R (New Edition), MH 150R र Scrambler रहेका छन् ।
मोटरहेडका वाइकहरुको मूल्य ३ लाख ५ हजारदेखि लिएर ४ लाख ५५ हजार सम्मका रहेका छन् । कम्पनीले बिक्रि तथा बिक्रिपछिको सेवालाई सहज बनाउन विभिन्न रिकण्डिसन र फाइनान्सहरुसँग सहकार्य गरी अघि बढेको छ ।
बिक्रि पछिको सेवालाई सवल र सहज बनाउन आवश्यकीय तालिम दिलाई विभिन्न ठाउँमा आधिकारीक मर्मत केन्द्रहरुको स्थापना गरिरहेको जनरल मेनेजर जोशीले बताए ।
0 प्रतिकृया