Follow us:


Follow us

११ असोज २०८३, आइतवार
११ असोज २०८३, आइतवार


काेराेनाकाे खाेप लगाएकी ७६ बर्षीय वृद्धाकाे वीपी प्रतिष्ठानमा मृत्यु

एक्सन खबर
१५ माघ २०७८


काेराेनाकाे खाेप लगाएकी ७६ बर्षीय वृद्धाकाे वीपी प्रतिष्ठानमा मृत्यु

धरान । कोरोना संक्रमित धरानकी एक वृद्धाको उपचारको क्रममा मृत्यु भएको छ । काेभिड–१९ विरूद्धकाे खाेप लगाएकी एक वृद्धाकाे मृत्यु भएकाे छ । मधुमेहबाट पीडित ७६ बर्षीय वृद्धाकाे वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा मृत्यु भएकाे हाे ।

सुनसरी, धरान ९ की ७६ बर्षीया वृद्धाको मृत्यु भएको  प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलले जनाएका छन् । उनका अनुसार उनको गए राती १ बजे प्रतिष्ठानकाे कोभिड अस्पतालमा मृत्यु भएको हो ।

 मृतकले कोभिड १९ विरुद्धको खोप लगाएको पनि प्रतिष्ठानले जनाएको छ । वृद्धालाइ शुक्रबार संक्रमण पुष्टि भएपछि कोभिड अस्पतालमा भर्ना गरिएको थियो । मृतकको शवको व्यवस्थापन नियम अनुसार भइरहेको प्रतिष्ठानले जनाएको छ ।













0 प्रतिकृया