Follow us:


Follow us

१० असोज २०८३, शनिवार
१० असोज २०८३, शनिवार


फरवार्ड सुपरमार्केटमा उपभोक्तालाई अफरै अफर

एक्सन खबर
११ माघ २०७८


फरवार्ड सुपरमार्केटमा उपभोक्तालाई अफरै अफर



दुहवी । सुनसरीको दुहवीस्थित फरवार्ड सुपरमार्केटले विभिन्न अफरहरु ल्याएको छ । फरवार्ड सुपरमार्केटले दैनिक घरायसी सामान, लत्ता कपडा, इलेक्ट्रोनिक्स आइटमहरुमा छुट अफर ल्याएको हो ।

दुहवीकै एकमात्र सुपरमार्केटका रुपमा भर्खरै सञ्चालनमा आएको फरवार्ड सुपरमार्केटले विभिन्न प्रकारका लत्ता कपडामा १० देखि १५ प्रतिशत छुट अफर ल्याएको छ । इलेक्ट्रोनिक्स होम अप्लायन्सहरुमा १० देखि २० प्रतिशत तथा खाद्यान्न तथा ग्रोसरी आइटमहरुमा ३ देखि २० प्रतिशत छुट दिइएको फरवार्ड इन्टरप्राइजेजका प्रमुख व्यवस्थापक कृष्ण कार्कीले बताए ।

गत माघ १ गतेदेखि नै लागू भएको डिस्काउन्ट अफरमा उपभोक्ताले विभिन्न छुटहरु पाइरहेका छन् । खाद्यान्न, ग्रोसरी, महिला पुरुषका सौन्दर्यका सामग्री, होम अप्लायन्स, विभिन्न प्रकारका ब्राण्डेड कपडाहरुमा छुट दिइएको छ ।  यो अफर माघ मसान्तसम्म जारी रहने बताइएको छ । साथै कम्पनीले आउँदा दिनहरुमा कष्टमर कार्ड लगायत सुविधाहरु थप गर्ने योजना बनाइरहेको छ ।




ग्राहकको मन जित्दै फरवार्ड सुपरमार्केट

दुहवीकै एक मात्र सुविधासम्पन्न सुपरमार्केटले आम उपभोक्ताको मन जित्दै आएको छ । सञ्चालनको एक महिना समेत भइनसकेपनि दिनप्रतिदिन फरवार्ड सुपरमार्केटमा किनमेलका लागि उपभोक्ताहरु बढेका छन् ।

दुहवीबासी सँगै खनार, इनरुवा, बर्जु, मोरङको बुढीगँगा लगायतका क्षेत्रबाट उपभोक्ताहरु आफुलाई चाहिने सरसामान खरिदका लागि फरवार्ड सुपरमार्केट आउने गरेको म्यानेजिङ डाइरेक्टर द्रव्यराज चौधरीले बताए । ‘हामी कहाँ कुनैपनि सामानहरु बजारको मुल्यभन्दा सस्तो र सुलभ छ । साथमा हामीले जेन्युन प्रोडक्टहरु राखेकाले पनि उपभोक्ताहरु आकर्षित हुनुभएको छ ।’ उपभोक्ताले सकेसम्म बढी फाइदा पाउन् भनेर कुनैपनि सामानमा बजार भन्दा कम मुल्य राखिएको चौधरीको भनाई छ ।

सुपरमार्केट भन्ने वित्तिकै सामानहरु महंगो हुन्छ भन्ने भ्रम चिर्न र आम उपभोक्तालाई सुपरमार्केटमा आरामले किनमेल गर्न बानी बसाउन कम्पनीले विभिन्न अफरहरु ल्याएको छ ।













0 प्रतिकृया