Follow us:

Follow us

११ असोज २०८३, आइतवार
११ असोज २०८३, आइतवार

सवारीसाधनमा जोर विजोर लागु गर्न प्रहरी चेकिङ (फाेटाे फिचर)

एक्सन खबर
१० माघ २०७८

सवारीसाधनमा जोर विजोर लागु गर्न प्रहरी चेकिङ (फाेटाे फिचर)

काठमाडौं उपत्यकाको स्थानीय प्रशासनको आदेशअनुसार सवारीसाधनमा लागु गरिएको जोर विजोरलाई कार्यान्वयन गर्न सडकमा ट्राफिक प्रहरीको ठाउँ ठाउँमा चेकिङ देखिएको छ । अत्यावश्यकीय क्षेत्रबाहेकका सवारीसाधनमा गरिएको जोर विजोर कार्यान्यवनका लागि ट्राफिक प्रहरीले परिचयपत्र हेर्दै चेकिङ गरेका छन् ।

काठमाडाैं । सरकारले काेराेना संक्रमण बढेसँगै सामाजिक दुरी कायम गर्न राजधानीमा सवारी साधनमा जाेरविजाेर प्रणाली लागू गरेकाे छ । काठमाडौं उपत्यकामा कोरोनाभाइरस संक्रमण रोकथामका लागि सवारीसाधनमा जोर विजोर लागु गरिएसँगै सडकमा सवारी साधनमाथि चेकजाँच पनि बढाइएकाे छ ।

काठमाडौं उपत्यकाको स्थानीय प्रशासनको आदेशअनुसार सवारीसाधनमा लागु गरिएको जोर विजोरलाई कार्यान्वयन गर्न सडकमा ट्राफिक प्रहरीको ठाउँ ठाउँमा चेकिङ देखिएको छ । अत्यावश्यकीय क्षेत्रबाहेकका सवारीसाधनमा गरिएको जोर विजोर कार्यान्यवनका लागि ट्राफिक प्रहरीले परिचयपत्र हेर्दै चेकिङ गरेका छन् ।

चेकिङका क्रममा कतिपय मानिसहरू लापरवाही तवरले हिँडेकाे पाइएकाे छ । अत्यावश्यकीय काम वाहेक घर बाहिर निस्कनेहरूलाइ प्रहरी प्रशासनले सम्झाइबुझाइ गरेर पठाउने गरेकाे छ । सवारी साधनका हकमा अत्यावश्यक कार्यवाहेक जाेर गतेका दिन विजाेर नम्बर र बिजाेर गरेका दिन जाेर नम्बर भएका सवारी साधन चलाउनेलाइ कारवाही गर्ने सम्मका कार्य गरेकाे छ ।

हेर्नुहाेस् फाेटाे फिचर

-->

0 प्रतिकृया