Follow us:


Follow us

११ असोज २०८३, आइतवार
११ असोज २०८३, आइतवार


काठमाडौंको बिजय चौकमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

एक्सन खबर
पाैष २७, २०७८


काठमाडौंको बिजय चौकमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं। काठमाडौं महानगरपालिका–९ स्थित बिजय चौकमा सोमबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज र महिला बालबालिका उत्थान तथा वातावरण केन्द्रको सहकार्यमा एक दिने स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।

बिजय चौकस्थित सेभेन स्टार पोईन्ट होटलमा भएको शिविरमा ८५३ जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । शिविरमा १९८ जनाको भिडियो एक्सरे, १९७ जनाको रक्त परीक्षण, र ८७ जनाको मुटुको जाँच (इसीजी) गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । त्यस्तै ३१ जनाको दाँत निकालिएको छ ।



शिविरमा केएमसीका विशेषज्ञ डाक्टरहरुले स्वास्थ्य परीक्षण गरेका थिए । शिविरमा उपचार सम्भव नभएका ४२ जना बिरामीलाई अप्रेशनका लागि अस्पताल रेफर गरिएको आयोजकले जनाएको छ ।

आइतवार ललितपुरको टिकाथलीमा केएमसीले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेर ९२१ जनाको स्वास्थ्य परीक्षण गरेको थियो ।













0 प्रतिकृया