Follow us:


Follow us

११ असोज २०८३, आइतवार
११ असोज २०८३, आइतवार


अमेरिकामा एकै दिन १० लाख ८० हजार कोभिड संक्रमित

एक्सन खबर


अमेरिकामा एकै दिन १० लाख ८० हजार कोभिड संक्रमित

एजेन्सी
न्युयोर्क । अमेरिकामा एकै दिन १० लाख भन्दा बढी कोभिड संक्रमित थपिएका छन् । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण फैलिएसँगै कोभिड संक्रमित बढेका हुन् ।

सोमबार एकै दिन १० लाख ८० हजार संक्रमित थपिएको जोन्स हप्किन्स युनिभर्सिटीले जनाएको छ । युनिभर्सिटीका अनुसार संक्रमितमध्ये अधिकांशमा ओमिक्रोन भेरियन्ट देखिएको छ ।

संक्रमण फैलिए पनि अमेरिकामा विद्यालय, कलकारखाना र कार्यलय पहिलाजस्तै सञ्चालनमा छन् । पछिल्ला दिनमा कोभिडका कारण अस्पताल भर्ना हुनेको संख्या भने केही बढेको छ ।
 













0 प्रतिकृया