Follow us:


Follow us

९ असोज २०८३, शुक्रवार
९ असोज २०८३, शुक्रवार


माओवादी अध्यक्षमा प्रचण्ड सर्वसम्मत

एक्सन खबर


माओवादी अध्यक्षमा प्रचण्ड सर्वसम्मत

काठमाडौं । नेकपा माओवादी केन्द्रको अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्ड पुनः निर्वाचित भएका छन् । आठौं महाधिवेशनबाट प्रचण्ड अध्यक्षमा पुन: निर्वाचित भएका हुन् ।

नव निर्वाचित केन्द्रीय समितिबाट प्रचण्ड आगामी ५ वर्षको लागि अध्यक्षमा निर्वाचित भएका छन् । माओवादीको पहिलो केन्द्री समिति बैठकमा प्रचण्डको नाम नारायणकाजी श्रेष्ठले प्रस्ताव गरेका थिए भने कृष्णवहादुर महराले समर्थन जनाएका थिए ।

प्रचण्डको विपक्षमा एकजना पनि सदस्य नउभिएपछि उनी सर्वसम्मत अध्यक्ष चयन भएका हुन् ।

यसैविच, नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित भएको छ । ८औं महाधिवेशनबाट निर्वाचित समितिको पहिलो बैठक स्थगित भएको । पदाधिकारी नै चयन नगरी बैठक स्थगित भएको हो। 

अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्डलाई चयन गर्दै स्थगित भएको हाे । बैठक २५ गते पुनः बस्नेछ । र, उक्त बैठकबाट नै पदाधिकारी चयन गरिने माओवादीले जनाएको छ ।














0 प्रतिकृया