Follow us:


Follow us

९ असोज २०८३, शुक्रवार
९ असोज २०८३, शुक्रवार


काठमाडौं जिल्ला अदालतद्वारा १ सय १० विरुद्ध पक्राउ पुर्जी

एक्सन खबर


काठमाडौं जिल्ला अदालतद्वारा १ सय १० विरुद्ध पक्राउ पुर्जी

 काठमाडौं । बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा १ सय २० जना विरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ ।

काठमाडौं जिल्ला अदालतले नक्कली मोही खडा गरी किर्ते कागजात तयार पार्ने कर्मचारी, भूमाफिया र तत्कालीन भोगाधिकारी, बिचौलियासहित १ सय १० जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो।

गत आइतबार यता पहिलो पटक ७७ जना र त्यसपछि ४५ जना र शुक्रबार आठ जना विरुद्ध पक्राउ पूर्जी जारी गरिएको अदालतका श्रेस्तेदार ज्ञानेन्द्र इटेनीले बताए।

पुर्जी जारी भएकाको विवरण गोप्य राखिएको छ । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा विभिन्न समयमा व्यक्तिको नाममा नामसारी गरिएको थियो ।













0 प्रतिकृया