Follow us:


Follow us

९ असोज २०८३, शुक्रवार
९ असोज २०८३, शुक्रवार


राष्ट्रघाती एमसीसी खारेज गर्नुपर्छ भन्दै नमकिपाकाे प्रदर्शन

एक्सन खबर


राष्ट्रघाती एमसीसी खारेज गर्नुपर्छ भन्दै नमकिपाकाे प्रदर्शन

काठमाडौँ । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का नेताहरूले अमेरिकी मिलेनियम कर्पाेरेशन (एमसीसी) खारेज गर्नुपर्नेमा जोड दिएका छन् । संसद भवन घेराउ गर्नेगरी शुक्रबार गरेको प्रदर्शनलाई सम्बोधन गर्दै नेमकिपाका सांसद प्रेम सुवालसहितका नेताले एमसीसी राष्ट्रहितविपरीत रहेकाले पारित गर्न नहुने बताएका हुन् ।

एमसीसी सम्झौताबाट देशलाई उपनिवेश बनाउन खोजिएको भन्दै उनले  देशको बिजुली अमेरिकालाई दिने गरी सम्झौता भएको बताए ।

‘हाम्रो देशमा उत्पदित बिजुली नेपालीका लागिविना धुवाँ प्रदुषणको खाना बनाउन उपयोग गर्नुपर्छ । बिजुलीबाट चल्ने सवारीसाधन बनाउन, उद्योगहरु चलाउन, हिमाली पहाडी तराई सबै क्षेत्रका जनातालाई उज्यालो दिन प्रयोग गर्नु पर्छ त्यसैले एमसीसी पास गर्नु हुँदैन’, उनले भने ।













0 प्रतिकृया